कानून व्यवसायी परिषद्मा अर्याल निर्वाचित

आदर्श समाज सम्वाददाता
माघ २६, २०७६
ddddddddddddddddd

पोखरा ।नेपाल कानून व्यवसायी परिषद्को पार्षद्मा गण्डकी प्रदेशबाट मुकुन्दराज अर्याल निर्वाचित भएका छन् ।

पार्षद्को शनिबार भएको निर्वाचनअन्तर्गत बृहत् लोकतान्त्रिक समूहका अर्याल २ सय ९९ ल्याई विजयी हुँदा प्रतिद्वन्द्वी नारायणप्रसाद आचार्यको पक्षमा २ सय ३२ मत परेको थियो । यसैगरी, प्रदेश १ मा प्रेमप्रसाद पोखरेल विजयी भए । प्रदेश २ मा श्यामकुमार मिश्र, बागमतीमा वृहत प्रगतिशील एवं समावेशी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली विजयी भए ।

प्रदेश ५ मा बाबुराम पाण्डे, कर्णालीमा रामबाबु बिसी र सुदूरपश्चिम प्रदेशमा प्रकाशबहादुर पाण्डेय विजयी भए ।देशभर निर्वाचन केन्द्रबाट करीब १० हजार ३४५ वरिष्ठ अधिवक्ता र अधिवक्ताले मतदान गरेका थिए । प्रत्येक प्रदेशबाट एक÷एक जना काउन्सिलर पदका लागि सात प्रदेशबाट दुई÷दुई गरी १४ जनाको उम्मेदवारी परेको थियो ।

सात जना परिषद् सदस्यका लागि सो निर्वाचनमा कानून व्यवसायमा निरन्तर १० वर्ष काम गरेका कानून व्यवसायीले मात्र उम्मेदवारी दिन पाउने व्यवस्था छ । काउन्सिलरको कार्यकाल ५ वर्षको हुनेछ । परिषद् १३ जनाको हुनेछ । महान्यायाधिवक्ता अध्यक्ष, नेपाल बार एशोसिएशनका अध्यक्ष परिषद्को उपाध्यक्ष, सर्वोच्च रजिष्ट्रार, त्रिविको कानून सङ्कायको डीन, सात प्रदेशबाट एक÷एक जना पार्षद सदस्य गरी सात, बारले मनोनित गरेको २ गरी जम्मा १३ जना परिषद् रहने कानूनी व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

hero news full width