त्रिकोण सहकारीको स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
माघ २६, २०७६
trikon

पोखरा ।पोखरा–८ शिवालयमार्गमा रहेको त्रिकोण कृषि सहकारी संस्थाको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

फेवासिटी हस्पिटलको प्राविधिक सहयोगमा सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत भएको शिविरबाट १ सय ७५ जना लाभान्वित भएका छन् ।शिविरमा सुगर, प्रेसर र निःशुल्क रगत परीक्षण गरिएको सहकारीका सचिव गणेश चालिसेले जानकारी दिए । डा पद्मराज ढुङ्गाना, डा सुदर्शन सुवेदी, डा सुरेशराज पौडेल, डा अन्नपूर्ण कुँवरसहित ७ जनाको टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।

सो अवसरमा बिरामीलाई अस्पतालले इण्डोस्कोपी, भिडियो एक्स्रे र इसिजीमा छुट दिएको थियो । सहकारीका उपाध्यक्ष मैयादेवी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रुद्रनाथ बरालले सहकारीले सामाजिक उत्तरदायित्व बहन गरेको भन्दै खुसी व्यक्त गरे । उनले रोग जुनसुकै बेला लाग्न सक्ने भन्दै पहिल्यै सचेत भएर समयसमयमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापा सहकारीको कार्यमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

यस्तै, सहकारी र अस्पतालबीच अस्पतालबाट प्रदान हुने विभिन्न सेवामा विशेष छुट दिने सहमति पनि भएको अस्पतालका प्रबन्धक त्रिभुवन पराजुलीले जानकारी दिए । चार सय शेयर सदस्य रहेको सहकारीले करिब साढे ३ करोडको लगानीमा पोखरा–८ शिवालय मार्गमा त्रिकोण डिपार्टमेन्टल स्टोर्स पनि संचालन गरेको छ ।शनिबार नै सहकारीका शेयर सदस्यलाई विशेष छुट कार्ड वितरण गरिएको सहकारीका शिक्षा शाखा संयोजक सुस्मिता अधिकारीले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width