मानव सेवाआश्रमलाई सहयोग

आदर्श समाज सम्वाददाता
माघ २५, २०७६
20200208_093211

पोखरा, २५ माघ । पोखरा उद्योग वाणिज्य संघ ६६ औं  वर्षमा प्रवेश गरेको छ । २०११ सालमा स्थापना भएको पोखराको जेठो सामाजिक संस्थाको ६६औं वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार संघको सचिवालय गैह्रापाटनमा झण्डोत्तलन गरिएको छ ।

झण्डोत्तलन कार्यक्रममा संघका पूर्वअध्ययक्षहरु सुरेशकुमार राजभण्डारी, बसन्त उदास, राजेन्द्रकुमार लालचन, कृष्णमोहन श्रेष्ठसहित संघका वर्तमान अध्यक्ष दामु अधिकारी,पदाधिकारी तथा कार्यसमितिका सदस्य एवं साधारण सदस्यको उपस्थिति रहेको थियो । झण्डोत्तलनसँगै संघले आफ्नो ६६औं  वार्षिकोत्सवको उपलक्ष्यमा मानवसेवा आश्रम छोरेपाटनलाई एक थान रेफ्रिजेरेटर बितरण गरेको छ । संघका अध्यक्ष दामु अधिकारीले आश्रमका प्रतिनिधि राजन सापकोटालाई सो फ्रिज हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष अधिकारीले सामाजिक उत्तरदायित्वबहन गर्ने सिलसिलामा योपटक मानव सेवा आश्रमको आवश्यकता अनुसारको सहयोग गरिएको बताए ।

उनले संस्थाको जीवनमा बुढ्यौलीपन आउनु संस्थाको गतिशीलताको प्रतीक भएको बताए । यता, संघले वार्षिकोत्सवको अवसरमा शनिबार नापतौलका सामानहरुको परीक्षण तथा नवीकरण कार्यक्रम पनि राखेको छ । गुणस्तर तथा नापतौल कार्यालय कास्की तथा पोखरा भाँडा ब्यवसायी समितिसँगको सहकार्यमा भएको सो कार्यक्रममा नापतौलका सामानहरुको नवीकरण तथा परीक्षण गरिएको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नापतौल तथा गुणस्तर कार्यालय पोखराका निरीक्षक युवराज अधिकारीले नापतौलका सामानहरु चुस्तदुरुस्त राख्न आफ्नो कार्यालय पोखरा उद्योग वाणिज्य संघ तथा व्यवसायीसँग समन्वय गर्न तयार रहेको बताए । संघका पूर्वअध्यक्ष सुरेशराज राजभण्डारीले पोखरा उद्योग वाणिज्य संघको विगतका क्रियाकलापको स्मरण गर्दै संघका गतिविधिहरुप्रति सन्तोष व्यक्त गरे । संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले संघलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान दिने सबैको स्मरण गर्दै संघले आउँदा दिनमा पनि रचनात्मक कार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संघका उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै संघका गतिविधिहरु सदस्यमैत्री बनाउने प्रतिवद्धता जनाइन् । संघले वार्षिकोत्सवकै अवसरमा शुक्रबार महिला उद्यमीहरुको लागि वित्तीय साक्षरता र उद्यमशीलता विषयक अन्तरक्रियाका साथै पोखरा उद्योग वाणिज्य संघ सफल महिला उद्यमी सम्मान –२०६६ अर्पण कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width