विद्या निकेतनमा पुरस्कार वितरण तथा शैक्षिक प्रदर्शनी

आदर्श समाज सम्वाददाता
माघ २५, २०७६
received_10215637713551807

पोखरा । पोखरा १७, बिरौटास्थित विद्या निकेतन माविको १९ औं पुरस्कार वितरण, शैक्षिक तथा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालयका शैक्षिक तथा खेलकुद गतिविधिमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।त्यस अवसरमा विद्यालय प्राचार्य कृष्णप्रसाद पौडेलले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक तिलकप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक आयुष नेपालीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width