बीपीन कार्की स्टार र फिल्म ‘सेल्फी किङ’ को प्रिमियर सम्पन्न

Avatar आदर्श समाज सम्वाददाता
माघ २३, २०७६

पोखरा । भर्सटायल अभिनेताको रुपमा परिचित बीपीन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को प्रिमियर काठमाण्डौंमा बुधबार गरिएको छ ।

नयाँ बसपार्क स्थित लोत्से मलमा रहेको आइएनआइ सिनेमाजमा गरिएको प्रिमियरमा फिल्म युनिटसँगै कलाकार्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । क्यारेक्टरलाई जीवन्त बनाउन कुनै कसर बाँकी नराख्ने बीपीनले फिल्ममा शीर्ष भूमिका निर्वाह गरेकै कारण फिल्म हेर्न आइपुग्ने धेरै थिए । । फिल्म हेरेका कलाकर्मीले प्रसंशा गरेका छन् । सबैले उठान गरेको विषयसँगै कलाकारको भावनालाई यसमा प्रस्तुत गरिएको मिडियासामु प्रतिक्रिया दिए ।

फिल्म हेर्न भुवन केसी , सन्तोष पन्त , निर्मल शर्मा , जितु नेपाल , केदार घिमिरे , निशा अधिकारी , केकी अधिकारी , आँचल शर्मा , नम्रता श्रेष्ठ , कर्मा , विनय श्रेष्ठ , आर्यन सिग्देल , प्रमोद अग्रहरी , कामेश्वर चौरसिया , दिपेन्द्र के खनाल , सुनिलकुमार थापा , भोलाराज सापकोटा , शोभित बस्नेत , रीमा विश्वकर्मा , सुवास गिरी , सुरेन्द्र पौडेल लगायतका फिल्मकर्मीको उपस्थिति रहेको थियो ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

नेशन जिताउन समिति

गिरीको अध्यक्षतामा चलचित्र पत्रकार संघ कास्की गठन

अन्तर कलेज स्तरीय नृत्यको उपाधि अमृतलाई

प्रमुख समाचार

कार दुर्घटनामा घाइते छोरीको पनि मृत्यु

थप प्रमुख समाचार

१८ औं आहा रारा गोल्डकप, १० टिम सहभागी

क्यान इन्फोटेकमा सय स्टल

वृद्धको जलेर मृत्यु