गच्छदारको मुद्दालाई लिएर कांग्रेस शीर्ष नेताबीच छलफल

एजेन्सी
माघ २३, २०७६
Nepali-Congress-CWC-meet-14072019074127

काठमाण्डौ, २३ माघ । बालुबाटारको सरकारी जग्गा दर्ता प्रकरणमा पार्टी उपभासपति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका आकस्मिक वैठक बसेको छ ।

यस विषयलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडले, महामन्त्री शशांक कोइराला लगायत बैठकमा छन् बिहीबार सभापति शेरबहादुर देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरुले कानुन व्यवसायीसँग यस बिषयमा कानूनी परामर्श समेत लिएका छन् ।

वैठकमा कानून व्यवसायीहरु प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी, सीताराम केसी, योगेन्द्र अधिकारी लगायतका कानून व्यवसायी पुगेका छन् । ‘उपसभापतिविरुद्ध बालुवाटार जग्गा प्रकरणमा भ्रष्टचारको मुद्दा दर्ता भएपछि कानुन व्यवयायीसँग शीर्ष नेताहरुले के गर्ने भन्ने विषयमा छलफल गरेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चीरञ्जीवी अधिकारीले अख्तियार दुरुपययोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा बुधबार तत्कालीन मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री, तीन सचिवसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

कांग्रसका वरिष्ठ नेता पौडेलले अख्तियारले ठूला माछा समाउन नसकेको भन्दै सार्वजनिक समारोहमा अभिव्यक्ति दिर्दै आउने गर्थे भने अहिले आफ्नै नेता सार्वजनिक जग्गा दर्ता प्रकरणमा मुछिदा भने पक्षपात भएको प्रतिक्रिया दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width