एनआइसी एसियाद्वारा बिमा बापतको रकम हस्तान्तरण

आदर्श समाज सम्वाददाता
माघ २२, २०७६
11

पोखरा । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एसिया बैंकले मेडिकल इन्स्युरेन्स बापतको रकम हस्तान्तरण गरेको छ । बैंकले सञ्चालन गरेको सुपर–चमत्कारिक तलब बचत खाता खोल्ने ग्राहकलाई दिदै आएको बिमा सुविधा बापतको रकम हस्तान्तरण गरेको हो ।

नवीन मा.वि. गैह्रापाटनमा कार्यरत निर्मला कोइराला पाठकलाई बैंकका प्रदेश प्रमुख दीपेन्द्र शर्माले बुधबार एक कार्यक्रमबीच १ लाख ३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । मृगौलामा ट्युमरको अपरेसन गरेबापत बिमा दावी गरेकी पाठकले उक्त रकम प्राप्त गरेकी हुन् ।

बैंकले गत वैशाखबाट सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको थियो । उक्त योजना अन्तर्गत संस्थागत तलब बचत खाता खोल्ने ग्राहकले १ लाख ५० हजार रुपैयाँसम्मको मेडिकल बिमा सेवा प्राप्त गर्दै आइरहेको शर्माले जानकारी दिए ।

बिमा रकम पाउँदा आफूलाई निकै राहत महसुस भएको पाठकले बताइन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिरोमणि लामिछानेले बिमा रकम भुक्तानी गरेर बैंकले विश्वसनीयता बढाएको बताए । विद्यालयका सम्पूर्ण कर्मचारीले एनआइसी एसियाको महेन्द्रपुल शाखामा तलब बचत खाता सञ्चालन गरिरहेका छन् ।
बैंकले तीन चमत्कारिक बिमा सुविधा प्रदान गर्दै आइरहेको छ । यो सेवा अन्तर्गत ग्राहकलाई दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा असक्त भएका १० लाख रुपैयाँसम्मको बिमा सुविधा र एक लाख रुपैयाँसम्मको मेडिकल बिमा सुविधा प्रदान गर्दै आइरहेको शर्माले जानकारी दिए ।

बैंकले १८ वटा घातकरोग बिमासेवा पनि प्रदान गरिरहेको छ । बैंकले पछिल्लो समय न्यु सुपर चमत्कारिक बचत खाताहरु सञ्चालन गरिरहेको छ । यो योजना अन्तर्गत खाता खोल्ने ग्राहकले अझ बढी सुविधा प्राप्त गर्ने शर्माले जानकारी दिए । देशभर ३ सय १३ वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले गण्डकी प्रदेशमा ३१ वटा शाखाबाट सेवा प्रदान गर्र्दै आइरहेको छ । २२ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width