बगदाद, २० माघ । इराकको स्वतन्त्र मानव अधिकार आयोगले सरकार विरोधी प्रदर्शनका क्रममा चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु भएको जनाएको छ । सोमबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा हिंसात्मक प्रदर्शनमा २३ हजार ५४५ जना घाइते भएका छन् ।
मृत्यु भएकाहरुमा ५१९ जना सर्वसाधारण र १७ जना सुरक्षाकर्मी रहेका छन् । आयोगका अनुसार घाइते भएकामध्ये २० हजार २६ जना प्रदर्शनकारी र ३ हजार ५१९ जना सुरक्षाकर्मी रहेका छन् ।
आयोगका सदस्य अलि अल–बैयातीले गत वर्ष अक्टोबरदेखि जनवरी ३० को चार महिनाको अवधिमा २ हजार ७१३ जनालाई सुरक्षाकर्मीले गिरफ्तार गरेको बताए । पक्राउ परेकामध्ये हाल ३२८ जना थुनामा रहेका र बाँकीलाई मुक्त गरिएको सरकारले जनाएको छ ।
सरकारको विरोधमा राजधानी बग्दाद र अरु शहरमा गत वर्ष सन् २०१९ को अक्टोबरदेखि व्यापक प्रदर्शन जारी रहेको छ । प्रदर्शनकारीहरुले शासनमा व्यापक सुधार गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने तथा रोजगारी सिर्जना गर्नुपर्ने माग गरिरहेका छन् ।
Related News
सम्बन्धित समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
रोजगार खोज्दै मेलामा
hero news full width
मुख्य समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१