चीनबाट ३२३ जना भारतीयको उद्धार

रासस
माघ १९, २०७६
colomiers-toulouse-india-airbus-a320neo-plane-takes_28be9e18-cf98-11e9-a264-bc92e50e5c68

नयाँदिल्ली, १९ माघ । एयर इन्डियाको दोस्रो विशेष विमानले चीनको उहानबाट ३२३ जना भारतीय र सात जना माल्दिभ्सका नागरिकको आइतबार उद्धार गरेको छ । कोरोना भाइरसका कारण उद्धार गरिएका कूल भारतीयको संख्या ६४७ जना पुगेको छ ।

उहानबाट आइतबार बिहान ३.१० मा उडेको एयर इन्डियाको विमान नयाँदिल्लीमा अवतरण गरेको थियो । आफ्ना नागरिकको उद्धार गर्न मद्दत गरेको भन्दै माल्दिभ्सका विदेश मन्त्री अब्दुल्ला शाहिदले ट्वीटरमार्फत भारतीय प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका थिए । चीनको उहान कोरोना भाइरसका कारण सर्वा्धिक जोखिममा रहेको छ । गत डिसेम्बरबाट फैलिएको यस भाइरसका कारण चीनमा मात्र ३०४ जनाको मृत्यु भइसकेको छ । चीनबाट उद्धार गरिएका अधिकांश व्यक्ति विद्यार्थी रहेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण व्यापक रहेकाले विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width