हिसान कास्की आइडलको अडिसन राउण्ड सम्पन्न

आदर्श समाज सम्वाददाता
माघ १९, २०७६
gggggggg

पोखरा, १९ माघ । दोश्रो हिसान कास्कीे लोक नृत्य प्रतियोगिता तथा प्रथम हिसान कास्की आइडल २०७६ सम्पन्न भएको छ । हिसान कास्कीमा आवद्ध ६८ विद्यालय तथा कलेजका विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्नका लागि एकल नृत्य प्रतियोगिता आयोजना गरिएको हो । उक्त छनोट प्रतियोगिताबाट उत्कृष्ट १० विद्यार्थी छनोट भएका छन् ।

छनोट हुनेहरुमा रोशन घर्ती मगर कास्की मोडनाइज एकेडेमी, अञ्जना गुरुङ न्यू लाइट माध्यमिक विद्यालय, ज्योति गुरुङ न्यू मोडेल माध्यमिक विद्यालय, सुप्रीया गुरुङ, बाल प्रभात माध्यमिक विद्यालय, मिनाक्षी तिलिजा माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालय, डोलमाया गुरुङ ताराकुञ्ज माध्यमिक विद्यालय, रबिना पुर्जा न्यू एरा माध्यमिक विद्यालय, अञ्जु गुरुङ भाष्कर मेमोरियल स्कूल, सुयशा पुन पश्चिाञ्चल माध्यमिक विद्यालय, र विनिता नेपाली ग्लोबल कलिजियट माध्यमिक विद्यालय भएका छन् ।

यस प्रतियोगिताको माध्यमबाट हिसान कास्कीमा रहेका विद्यार्थी पढाइको संगसंगै कला, संस्कृतिमा पनि छट्टै पहिचान बनाउन सक्छन्, अध्यक्ष डा. रामजी शर्माले भने । कार्यक्रमको संयोजन तथा सञ्चालन हिसान कास्कीका सचिव दिवाकर जैसीले गरेका थिए । उक्त प्रतियोगिताको ग्राण्ड फिनाले (अन्तिम प्रतिस्पर्धा) माघ २३ मा पोखरा उद्योग वाणिज्य संघको हलमा सम्पन्न हुने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width