काठमाडौँ, १४ माघ । बैंकिङ कसुरका फरार व्यक्तिलाई काठमाडौँबाट पक्राउ गरी आज कारागार चलान गरिएको छ ।
उच्च अदालत पाटनको आदेशले जरिवाना र कैद सजाय तोकिए पनि फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–१ का राजेन्द्र बुढाथोकी आज कारागार चलान भएका हुन् । उच्च अदालत पाटनको गत असोज २८ गतेको फैसलाले उनलाई १५ दिन कैद र रु पाँच लाख जरिवाना हुने फैसला सुनाएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोलीले सोमबार काठमाडौँको गोलढुङ्गाबाट उनलाई पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतले आजै केन्द्रीय कारागार सुन्धारा पठाएको हो ।
उनले व्यवसायका लागि रकम आवश्यक पर्यो भनी रु पाँच लाख ऋण लिएर पैसा नभएको बैंकको चेक दिएको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए । सोही आधारमा मधु बुढाथोकीको जाहेरीले उनीविरुद्ध बैंकिङ कसुरमा मुद्दा परेको थियो ।
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१