दिवंगत परिवारलाई लेउवा संघको सहयोग

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
chaimber

लेखनाथ,१४माघ । लेखनाथ उद्योग बाणिज्य संघले ब्यवसायी सदस्य स्वर्गीय देवीमाया उप्रेती पौडेलको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

संघको ब्यवसायी सदस्य भएर पोखरा २६ को बुढिवजारमा देवी खाजा घर संचालन गर्दै आएकी पौडेलको गत पुस २ गते ४९वर्षको उमेरमा असामाविक निधन भए पछि संघले स्थापना गरेको राहत कोषबाट सुक्रवार ५० हजार आर्थिक सहयोग गरिएको हो ।

पोखरा २७ गच्छा फाँटमा बसोवार गर्दै आएका स्वर्गीय पौडेलको परिवारलाई लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष वलराम ढकाल, पुर्व अध्यक्ष बाबुराम गिरी, लक्ष्मी प्रसाद त्रिपाठी, महासचिव गोपीचन्द्र वास्तोला लगायत कार्यसमितिका सदस्य र ब्यवसायीहरुको उपस्थितिमा स्वर्गीय पौडेलका श्रीमान कृष्ण प्रसाद पौडेललाई उक्त रकम हस्तान्त्रण गरिएको हो ।

संघले ब्यवसायी सदस्यको हितका लागी समय समयमा पर्ने अकल्पनीय घटनालाई ध्यानमा राख्दै ब्यवसायी सदस्य कै मृृत्यु भएकामा ५० हजार रुपैयाँ र ब्यवसायी सदस्यका नजिका आफन्तको मृत्यु भएमा राहत स्वरुप ५ हजार प्रदान गर्दै आएको छ । यस अघि संघकै कार्यसमिति सदस्य सरोज अधिकारी र हरिप्रसाद पौडेलको परिवारलाई पनि संघले ५० हजार रुपैयाँ सहयोग गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width