तीनवटा ट्रक ठोकिदां ३ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
truck

विक्रम खड्का -रुपन्देही, १४ माघ । रुपन्देहीको भैरहवा–भूमही सडक खण्डमा सवारी दुर्घटना हुंदा ३ जनाको मृत्यु भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्ँिकदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका छन् ।

बिहान करिब ६ बजे भैरहवादेखि परासी तर्फ जादै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीदेखि भैरहवा तर्फ आउदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक अत्याधिक कुहिरोको कारण ओभरटेक गर्न खोज्दा एक आपसमा ठोक्ँिकएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा भैरहवा तर्फ आउदै गरेको ना २ ख ८४८१ नम्मरको ट्रक का चालक सुनसरी चतराका अन्दाजी ३५ वर्षीय पूर्णबहादुर भुजेल, नवलपरासी पाल्हीनन्दन४ का ३० वर्षीय लालु कुर्मी, र ३५ वर्षीय मोबिकन कुर्मीको घटना स्थलमै मृत्यु भएको छ ।

घाइते ९ जनामध्ये २ जनाको अवस्था गम्भीर छ । गंभिर घाइते भएकाहरुको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । नवलपरासी पाल्हीनन्दन गाउँपालिका४ का ४७ वर्षीय दुधई हरिजन र सिन्धुली रातामाटे बस्ने २७ वर्षीय मोहन राईको अवस्था अत्यन्त गम्भीर रहेको छ । मृत्यु भएकाको शव भैरहवास्थित भिम अस्पतालमा पोस्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केशव ज्ञवालीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width