सोफी बनिन मादी डान्स आइडलको बिजेता

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
83422940_184155749617873_5501144037140201472_n

पोखरा १४ पुस । प्रथम मादी डान्स आइडलको उपाधि मादी ८ की सोफी शाहीले जितेकी छन् ।उपाधिसँगै सोफीले नगद १ लाख पुरस्कार, ट्रफी र प्रमाणपत्र तथा म्युजिक भिडियोमा अवसर पाएकी छन् ।
एक वर्षसम्म आइडल भत्ता बापत मासिक २ हजार रुपैयाँका दरले थप २४ हजार पाउने छन् । कास्कीको मादी गाउँपालिकाभित्रका १२ वटा वडाका नयाँ प्रतिभाको खोजी गरी उनीहरुको प्रतिभा विश्वसामु चिनाउन सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता सञ्चालन भएको थियो ।

आइडलमा मादी गाउँपालिका वडा नम्बर २ का प्रतियोगी नम्बर १४१ अर्पिता गुरुङ फष्ट रनरअप हुन सफल भएकी छन् । उपाधिसँगै अर्पिताले नगद ५० हजार पुरस्कार, ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोमा अवसर पाएकी छन् । यस्तै वडा नम्बर २ कै प्रतियोगी नम्बर १३२ कुसुम गुरुङ सेकेन्ड रनरअप हुन सफल भएकी छन् । उपाधिसँगै कुशुमले नगद २५ हजार ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोमा अवसर पाएकी छन् ।

प्रतियोगी नम्बर १३९ शशीमाया गुरुङले उत्कृष्ट भेषूुषाको उपाधि तिजेकी छन् । उपाधिसँगै उनले नगद ५ हजार र ट्रफी प्राप्त गरेकी छन् । प्रतियोगितामा उत्कृष्ट नृत्यनिर्देशकको उपाधि निरज राईभाट र कमल गुरुङले जितेका छन् । यस्तै मादी वडा नम्बर २ का ललित गुरुङलाई नगद ३ हजार सहित प्रोत्साहन पुरस्कारले सम्मान गरिएको छ । प्रतियोगिताको फाइनलिष्ट २० जनालाई नै नगद ३ हजार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो भने आदिम कला मञ्चको तर्फबाट छ महिनाको निःशुल्क नृत्य प्रशिक्षणको मौका र ट्रफी प्राप्त गरेका छन् । गत वैशाख महिनाबाटै गाउँपालिकाको विभिन्न वडाहरुमा गएर वडा अध्यक्षको रोहबरमा १ देखि १२ सम्म १२ वटा आईडलको अडिशन सञ्चालन गर्त उपसमितिहरु गठन भएको थियो भने भदौ १ बाट पहिलो चरणको अडिशन शुरु भएको थियो ।

आदिम कला मञ्चले आयोजना गरेको कार्यक्रममा मादी गाउँपालिकाले सहकार्य गरेको थियो । कार्यक्रममा मादी गाउँपालिकाले आगामी २०७६ साल वैशाख १ देखि १० गतेसम्म आयोजना हुने क्रपु महोत्सवको प्रमोशनल डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले यस्ता खाले प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान मात्र नभई मादी गाउँपालिकाकै शान उच्च भएको बताए । साथै उनले गाउँपालिकाले आयोजना गर्न लागेको क्रपु महोत्सवमा सबैले आ आफनो तर्फबाट सक्दो सहयोग गर्न अपिल समेत गरे ।

कार्यक्रमका सभाध्यक्ष एवम् आदिम कला मञ्चका निर्देशक लब्सन गुरुङले सबैको साथ र सहयोग आफनो मेहेनतले असंभव लागेको कामलाई पनि संभव तुल्याउन आफहरु सफल भएको भन्दै सबै सहयोगीहरुलाई आभार व्यक्त गरे । कार्यक्रममा मादीका १२ वटै वडा अध्यक्ष तथा सदस्यहरु मादी गाउँपालिका सबै कर्मचारीहरु लगायत मादीका सबै वडाका स्थानीयको सहभागिता थियो । आदिम कला मञ्चका निर्देशक लब्सन गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पूर्व मिस तमूस्यो निशा गुरुङ र यकिन गुरुङले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width