पोखरा म्याराथन सफल बनाउने प्रतिबद्धता

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
Pokhara Marathon

पाेखरा । १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई सफल बनाउन विभिन्न क्षेत्रका व्यक्तिले सहयोग प्रतिबद्धता जनाएका छन् ।

आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले गरेको छलफलमा नेपाल प्रहरी, यातायात व्यवसायी तथा संचारकर्मीले म्याराथनलाई सफल बनाउन प्रतिबद्धता जनाएका हुन् । प्रतियोगिता फागुन ३ गते पोखरामा हुँदैछ ।
मञ्चले पोखरा म्याराथनलाई सफल बनाउन सुरक्षा र यातयात व्यवस्थापनको विषयमा विशेष जोड दिएको मञ्चका अध्यक्ष तेज गुरुङले बताए । पोखरा म्याराथनमा विशेषगरी म्याराथन रुटमा जथाभावी यातयात संचालन हुँदा खेलाडीले निकै समस्या भोग्नुपरेको विगतको अनुभव सुनाउँदै अध्यक्ष गुरुङले यातयात र शुरक्षालाई विशेष प्राथमिकतामा राखिएको बताए । अध्यक्ष गुरुङले थपे, ‘यसपटक म्याराथनमा दौडनेको संख्यामा बृद्धि हुने देखिएकाले र विदेशबाट समेत धेरैको संख्यामा पोखरा म्याराथनका लागि आउने भएकोले सबैले खेलकुद संस्कृतिलाई आत्मसात गर्नुपर्छ ।’

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले पोखरा म्याराथनलाई खेलकुदको बिकास र सार्वजनिक हितमा प्रयोग गर्न आम पोखरेलीसमक्ष आग्रह गरेका छन् । प्रहरी प्रमुख कार्कीले वर्षको एक दिन पोखराको प्रचारका लागि गरिएको कार्यक्रममा सबै पोखरेलीहरु ३ घन्टाको लागि सडकमा आउन आह्वान समेत गरे ।एसपी कार्कीले भने, ‘पोखरा म्याराथन एउटा अभियान हो । पोखरामा रहेका हरेक सामाजिक संघसंस्थाहरुले आ–आफ्नो संस्थाको तर्फबाट सचेतनामुलक प्लेकार्ड सहित पोखराका हरेक चोकमा उभिएर खेलकुदसँगै सामाजिक अभियानमा जुट्न सक्छन् ।’

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि अध्यक्ष योगेन्द्र केसीले पोखरा म्याराथन सफल बनाउन पोखरेली यातयात व्यवसायीहरु प्रतिवद्ध रहेको जनाए । ‘म्याराथन सफल बनाउन यातयात ब्यावसायीहरु प्रतिबद्ध छन् । हामी सबै यातयात व्यवसायी संघसंस्थाहरुले फागुन ३ गते कम्तिमा पनि ३ घण्टा म्याराथन रुटमा यातयातका साधनहरुलाई नचलाउन आग्रह गर्नेछांै ।’ कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्रलाल कर्ण, पोखरा १३ का अध्यक्ष लेखबहादुर तामाङ, विन्ध्यवासिनी यातयात व्यवसायीका सचिव प्रमोद दवाडी, मञ्चका प्रथम उपाध्यक्ष हरि पराजुली, सचिव कृष्ण तिमिल्सिना लगायतले बोलेका थिए ।यसैबीच, आयोजकले सञ्चारकर्मीसँग पनि छुट्टै छलफल गरी कार्यक्रम सफल पार्न अनुरोध गरेको छ ।लक्ष्मी ग्रुपअन्तर्गत सुजल डेरीको उत्पादन सफल दूधको प्रायोजनमा सो प्रतियोगिता हुन लागेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width