फेरि चितुवा आक्रमणबाट बालकको मृत्यु

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
Leopard-BW_1200px

तनहुँ ।तनहुँमा फेरि चितुवा आक्रमणबाट एक बालकको ज्यान गएको छ ।बन्दीपुर गाउँपालिका वडा ४, लोइपाखाका १० वर्षीय बालक ईस्क सुनारको घरमा बसिरहेको अवस्थामा सोमबार साँझ ६ ः ३० बजे चितुवा आक्रमणले ज्यान गएको हो ।

नजिकै लोइपाखा जंगलबाट आएको चितुवाले बालकलाई आक्रमण गरी सोही जंगलको खोल्सामा लगेर फालेको थियो । घाँटीमा प्वाल परेको अवस्थामा बालक मृत भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय भानुमा खबर गरेका हुन् ।प्रहरी कार्यालयका इलाका इञ्चार्ज जितेन्द्रकुमार श्रेष्ठको टोली घटनास्थल पुगी अनुसन्धान गरेको थियो ।तनहुँमा यसअघि पनि लगातार चितुवा आक्रमणले ६ जना बालबालिकाको ज्यान गइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width