गण्डकी प्रहरी प्रमुखद्वारा सेवाप्रवाह चुस्त बनाउन निर्देशन

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
१ (1)

पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जिल्ला प्रहरी कार्यालय मुस्ताङको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीलाई सेवाप्रवाह थप चुस्तदुरुस्त बनाउन निर्देशन दिएका छन् ।
डीआईजी घिमिरेले मुस्ताङमा कार्यरत प्रहरी कर्मचारी, विभिन्न शाखा, मेस, ब्यारेक लगायतको निरीक्षण तथा अवलोकन गरेका हुन् ।उनले भौगोलिक विकटता र सीमित स्रोतसाधन बाबजुत प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको जनाउँदै इमान्दार, सक्षम र उच्च मनोवलयुक्त प्रहरी कर्मचारीबाट मात्रै जनताको सुरक्षाको कार्यभार प्रभावकारी बन्न सक्ने बताए । उनले कानूनको सर्वोच्चता र जनताको सर्वोेपरिता आत्मसाथ गर्दै जनतालाई नै केन्द्रविन्दुमा राखी प्रहरी संगठनमा आइपर्ने चुनौतीलाई व्यावसायिक तवरबाट सामना गर्दै अघि बढ्न निर्देशन दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width