लागुऔषध कारोबार गर्ने सार्वजनिक

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
Dsp 2

लमजुङ । ठूलो परिणामको लागुऔषध सहित पक्राउ परेका एक व्यक्तिलाई लमजुङ प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी लागुऔषध कारोबारमा संलग्न सुन्दरबजार–९, भोटोडारमा स्थायी बसोबास भएका २१ वर्षीय क्षितिज तामाङलाई सार्वजनिक गरेको हो ।

तामाङको कोठाबाट विभिन्न प्रकारका ६ थरी लागुऔषध सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए । तामाङको कोठाबाट निफीन १ सय ६७ थान, डाइजोपाम १ सय ६५ थान, फेनरागन १ सय ६५ थान बरामद गरेको प्रहरीले जनायो ।

पक्राउ परेका तामाङ काठमाडौंको एक निजी क्याम्पसका कक्षा–१२ पढ्छन् । जिल्ला अदालत लमजुङबाट १० दिन म्याद थप गरी अनुसन्धान थालिएको हो । लमजुङमा गत आव २०७५÷७६ देखि हालसम्म लागुऔषधको १ सय २ वटा घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये तामाङ प्रकरण पनि ठूलो घटना हो ।

Related News

सम्बन्धित समाचार

hero news full width