बालविवाह गर्नेलाई जवर्जस्ती करणी मुद्दा

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
school-children-during-awareness-campaign_15a59d72-2373-11e8-81db-e6399ce35310

लमजुङ । बालविवाह गरेका लमजुङमा एक युवकलाई जबर्जस्ती करणीको मुद्दा लगाउने तयारी गरिएको छ । दोर्दी गाउँपालिका– १, भार्तेका २२ वर्षीय गोपाल अधिकारीले १७ वर्षीया एक किशोरीलाई विवाह गरेकोमा उनलाई प्रहरीले जबर्जस्ती करणीको आरोपमा माघ १० मा पक्राउ गरेको थियो ।

प्रहरीले असोज १६ देखि २२ गतेसम्म आफ्नै घरमा ती किशोरीलाई पटकपटक जबर्जस्ती करणी गरेको अभियोग लगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले अधिकारीले ती किशोरीलाई बालबिवाह गरी जबर्जस्ती गरेको खुल्न आएको र घटनाबारे थप अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width