उखु किसान आन्दोलित

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
green-group-21

नवलपरासी ।
नवलपरासीका उखु किसानले आन्दोलन घोषणा गरेका छन् । सरकार र चिनी उद्योगीबीच भएको सहमति अनुसार माघ ७ भित्र उखुको भुक्तान दिनुपर्नेमा सो नभएकोले आन्दोलन घोषणा गरिएको जनाइएको छ ।

नवलपरासीमा २५ करोडको हाराहारीमा उखु किसानले उखुको मूल्य भुक्तान पाउन बाँकी रहेको छ । जिल्लाका चिनी कारखानामध्ये इन्दिरा सुगर मिलको ११ करोडको हाराहारीमा, लुम्बिनी चिनी कारखानाको करिब ११ करोड र बाग्मती खाडसारी मिलको करिब ३ करोड ५० लाख रुपैयाँँ भुक्तान बाँकी रहेको छ ।

उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले सोमबार विज्ञप्ति जारी गर्दै सडक अवरुद्ध पार्नेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् ।उनले सरकारसँग भएको सहमति पनि कार्यान्वयन नगरी किसानलाई करोडौं रुपैयाँँ चिनी मिल सञ्चालकले भुक्तान नगरेका कारण आन्दोलन गर्नुपरेको बताए ।

जिल्लाका ३ वटा चिनी कारखानामध्ये लुम्बिनी सञ्चालकले नै बन्द गरेका छन् भने इन्दिरा सुगर मिल किसानको आन्दोलनका कारण बन्द छ । हाल संचालित बागमति खाडसारी मिलमात्र सञ्चालनमा रहेकोमा उसले क्रमशः रकम भुक्तान गर्दै गएको यादवले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width