सरकारले उपलब्धिमूलक काम गरेन- गगन थापा

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
devchuli

देवचुली (नवलपरासी) । नेपाली काँग्रेस केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारले कुनै उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाएका छन् ।

पूर्व मन्त्री समेत रहेका थापाले वर्तमान सरकार नै नेपाली जनताको पक्षमा नरहेको आरोप लगाउँदै सरकारले देशलाई कुन बाटोमा हिडाउँदै छ, पत्तै पाउन मुस्किल हुन लागेको उल्लेख गरे । ‘केपी ओली प्रधानमन्त्री भएको सरकार इतिहासमै सबैभन्दा बलियो सरकार हो तर पनि यो सरकारले जनताको पक्षमा कुनै काम गर्न सकेन,’ उनले भने, ‘यसले आशालाग्दो कुनै पनि काम देखाउन सकेन ।’उनले नेपाली काँग्रेसले पनि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेकाले लोकतन्त्र र नेपाली नागरिक अफ्ठ्यारोमा परेको बताए ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा देवचुली जेसीजको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले युवालाई विदेश पलायन हुनबाट नरोकेसम्म मुलुक परिवर्तन हुन नसक्ने दाबी गरे।नेपाली युवायुवती रोजगार वा अन्य शिलशिलामा विदेश पलायन भैरहँदा मुलुकले ठुलो नोक्सान ब्यहोर्नुपरेको भन्दै उनले युवाहरुको विदेश पलायन रोक्न सरकार नै गम्भीर हुनु पर्ने औंल्याए ।‘मुलुकमा धेरै ठूला परिवर्तन भए, राणा, राजा, पञ्चायत ढले गणतन्त्र आयो तर खै उपलब्धि, खै विकास ?, उनले भने, ‘जबसम्म युवामा चेतना र मुलुकको लागि केही गर्नुपर्दछ भन्ने भावनाको विकास हुन्न, तबसम्म जस्तोसुकै परिवर्तनले पनि अर्थ राख्दैन ।’हरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य महेन्द्रध्वज जिसी, देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width