ठूलो परिमाणमा घरेलु मदिरा बरामद

रासस
माघ १४, २०७६
Press release 12-23 (1)

काभ्रेपलाञ्चोक, १४ माघ । प्रहरीले बनेपाको विभिन्न होटलबाट करीब दुई हजार ५०० लिटर घरेलु मदिरा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक योगेन्द्र तिमिम्सिनाको टोलीले सोमबार साँझ उक्त परिमाणको अवैध घरेलु मदिरा बरामद गरेको हो ।

बनेपाका होटलमा अवैधरुपमा घरेलु मदिरा बिक्री गरिरहेको जानकारी पाएपछि ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणाअन्तर्गत होटलको अनुगमन गरिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । उनका अनुसार बरामद गरिएको होटललाई ‘आइन्दा घरेलु मदिरा बिक्री–वितरण नगर्न’ सचेत गराइएको छ ।

बरामद मदिरा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा बनेपा नगरपालिका–५ चप्लेटीमा नष्ट गरिएको छ । प्रनि तिमिल्सिनाले बनेपा नगरलाई घरेलु मदिरामुक्त बनाउन अनुगमनलाई तीव्रता दिइने बताए ।
यसैगरी बनेपामा सुरक्षा एवं अवैध सामग्री बिक्रीवितरमा प्रहरीले निगरानी बढाएको छ । प्रहरीले गतसाता बनेपा बसपार्क र चाँदनीचोकस्थित मोबाइल पसलबाट राजश्व छलिएका ३० थान ब्राण्डेड मोबाइल सेट बरामद गरी पसल सञ्चालकलाई नियन्त्रणमा लिएको थियो ।

“विनादर्ता पसलमा राजश्व छलेका मोबाइल विक्री भइहेको सूचना प्राप्त भएको छ, यसमा विशेष निगरानी बढाएका छौँ”, प्रनि तिमिल्सिनाले भने । उनका अनुसार बनेपा राजधानी भित्र्याइने राजश्व छलेका मोबाइल सेटको एउटा ‘ट्रान्जिट प्वाइन्ट’ नै पाएपछि निगरानी बढाएर पसल सञ्चालकलाई खरीद–बिक्रीको बिलबिजक साथमै राख्न आग्रह गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width