माछापुच्छ्रे गाउँपालिकामा अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड जारी

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
Machhapuchhre Running Shield

पोखरा । कास्कीको माछापुच्छ्रे  गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड अन्तरविद्यालय खेलकूद प्रतियोगिता जारी छ ।

रनिङ शिल्ड अन्तर्गत गाउँपालिका भित्रका सामूदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुबीचको एथलेटिक्स, लङजम्म, सटपुट लगायतका खेलमा विद्यार्थीहरुबीच स्पर्धा भइरहेको छ ।

रनिङ शिल्ड अन्तर्गत सोमबार भएको १०० मिटर छात्रछात्रा दौडमा छात्रतर्फ बराह माविका सागर परियार प्रथम, शारदा माविका केशव जिसी द्धितीय र महेन्द्र माविका सरोज नेपाली तृतीय भए । छात्रातर्फ बराह माविका कविता अधिकारी प्रथम, उदय माविका विनु विक द्वितीय र माछापुच्छ्रे माविका रितिका तामाङले तेस्रो स्थान हासिल गरे ।

त्यसैगरि २०० मिटरतर्फ शारदा माविका केशव जिसी प्रथम, बराह माविका सागर परियार द्वितीय तथा पृथ्वीनारायण माविका भानुभक्त दाहाल तृतीय भए । छात्रातर्फ २०० मिटर दौडमा उदय माविका सुमित्रा अधिकारी प्रथम तथा रितु भण्डारी द्वितीय र माछापुच्छ्रे माविका सुनिता विकले तेस्रो बने ।

रनिङ शिल्ड अन्तर्गत ४०० मिटर छात्रातर्फ उदय माविका रितु भण्डारी प्रथम, सुमित्रा अधिकारी द्वितीय र बराह माविका कविता अधिकारी तृतीय भए ।

त्यस्तै, ८०० मिटर छात्रतर्फको दौडतमा ज्ञानज्योति माविका विवेक परियार प्रथम, महेन्द्र माविका मन्दिप नेपाली द्वितीय र बराह माविका सुजन ढुँगाना तृतीय बने । त्यसतै, उक्त स्पर्धामा छात्रातर्फ उदय माविका विनु विक प्रथम तथा रितु भण्डारी द्वितीय र माछापुच्छ्रे  माविका सुस्मा कुँबर तृतीय बने ।

लङजम्प छात्रातर्फ उदय माविका विनु विक प्रथम, महेन्द्र माविका सुशिला शाही द्वितीय र शारदा माविका गोमा पुन तृतीय बने । छात्रतर्फ शारदा माविका जीवन पुन प्रथम, महेन्द्रका महादेव अधिकारी दोस्रो र सरोज नेपाली तेस्रो भए । सटपुट छात्रतर्फ शारदा माविका राजेश गुरुङ प्रथम र शुक्लागण्डकी माविका सुजन नेपाली द्वितीय र मिलन पुन तृतीय भए ।

रिले दौडको छात्रातर्फ उदय माविका विनु विक प्रथम, महेन्द्र माविका सुशीला शाही द्वितीय र शुक्ला गण्डकीका अञ्जना नेपालीले तेस्रो भए ।

यही माघ १२ गतेदेशी शुरु भएको प्रतियोगिता अन्तर्गत आइतबार भएको १५०० मिटर छात्र दौडमा ज्ञानज्योति बोर्डिङका विकेक परियार प्रथम, महेन्द्र माविका मन्दीप नेपाली द्धितीय तथा शारदा माविका केशव जिसी तृतीय भए । सोही विधाको स्पर्धामा छात्रातर्फ उदय माविका विनु विक प्रथम, सोही विद्यालयकै रितु भण्डारी द्धितीय र बराह माविका कविता अधिकारी तृतीय भए ।

सोमबारको स्पर्धामा विजयी खेलाडीहरुलाई नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङ, वडाध्यक्ष शाही, पूर्व अन्तर्राष्ट्रिय खेलाडी लेखनाथ लम्साल, प्रतियोगिता आयोजक समितिका सचिव गोविन्द अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको समापन मंगलबार गरिने वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले जानकारी दिए ।

सरकारले विद्यालयतहबाटनै खेलकूद प्रतिभाको खोजी गर्दै सम्वद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्य सहित गतवर्षदेखी देशको संघीय संरचना अनुसार स्थानीय, प्रदेश र संघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width