गायिका आस्थालाई ४ दिन हिरासतमा राख्न आदेश

एजेन्सी
माघ १३, २०७६
maxresdefault

कठमाण्डौ, १३ माघ । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखी अनुसन्धान अघि वढाउन प्रशासनले अनुमति दिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको पुष्टि गरे ।

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो ।राउतले सोमबार बिहान मात्रै प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width