प्रेस युनियनका पार्षद् पराजुलीलाई मातृशोक

आदर्श समाज सम्वाददाता
माघ १३, २०७६
83358185_2787406474639198_4579690423332634624_n

पोखरा, १३ माघ । नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् एवं पत्रकार कमल पराजुलीलाई मातृशोक परेको छ ।

पोखरा ४ मानवअधिकारचोक निवासी पराजुलीकी ममतामयी आमा राधा पराजुलीको ६३ वर्षको उमेरमा निधन भएको हो । केही समयदेखि क्यान्सरबाट पीडित पराजुलीको राजधानीमा उपचारका क्रममा आइतबार राति निधन भएको थियो । सोमबार पोखरा तुल्सीघाटस्थित सेती नदीमा स्वर्गीय पराजुलीको अत्येष्टि गरिएको छ ।

शवयात्रामा परिवारजन, आफन्त र शुभेच्छुकको सहभागिता थियो । उनका १ छोरा र २ छोरी छन् ।यसैबीच, नेपाल प्रेस युनियन कास्कीले सोमबार शोक विज्ञप्ति प्रकाशित गरी केन्द्रीय पार्षद पराजुलीलाई मातृशोक परेकोप्रति दुःख व्यक्त गरेको छ ।युनियनका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा जारी विज्ञप्तिमा दिवगंत आत्माको चिरशान्तिको कामना व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width