पोखरा म्याराथन सफल बनाउन संचारकर्मीको साथ

आदर्श समाज सम्वाददाता
माघ १३, २०७६
IMG_5122

पोखरा, १३ माघ । “१४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” सफल बनाउन पोखरेली संचारकर्मीले साथ दिने भएका छन । यहि फागुन ३ गते भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने भएको हो ।

मञ्चले आयोजना गरेको एक अन्तक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार नारायण कार्कीले म्याराथन सबैको हो भन्ने संस्कृतिको रुपमा मञ्चले खेलको भूमिका प्रशंसनीय रहेको बताए । उनले म्याराथनको समय फागुन ३ गते केही समयका लागि ट्राफिक ब्यवस्थापन गर्न सके सहभागीलाई धेरै नै सहज हुने बताए ।

सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले पोखरा म्याराथनलाई अझै व्यापकता दिन पुरुस्कार राशिमा बृद्धि गर्न आग्रह गरे । उनले भने–“पोखरा म्याराथन अब मञ्चको मात्रै कार्यक्रम रहेन यो सिङ्गो प्रदेश र पोखरा महानगरसंग जोडिएको छ” उनले थपे–“पोखरा म्याराथनका सफल बनाउन प्रदेश सरकार र महानगर समेत सहयोगका लागि अगाडी आउन पर्छ ।”
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखरा म्याराथन हरेक खेलाडीको ‘मिसन’ बन्न सक्नुपर्ने कुरामा जोड दिए । “पोखरा म्याराथन हरेक खेलाडीको सपना बन्नु पर्छ” उनले भने–“विश्वको कुनै कुना बाट पनि एक जना धावक पोखरा म्याराथन जित्छु भन्ने आसयका साथ आओस । आयोजकले त्यो अवस्थामा पुर्याउन आधार बनाइदिनुपर्छ ।”

पोखरा म्याराथनको अवधिमा केही घन्टा यातयात संचालन हुन दिन नहुनृ तर्क अघि सार्दै अध्यक्ष श्रेष्ठले पोखराका यातयात व्यवसायीलाई समेत “यो हाम्रो पनि उत्सव हो, यो सबै पोखरेलीको हो” भन्ने कुरा आत्मसाथ गराउन आवश्यक रहेको बताए । उनले पोखराको म्याराथन संस्कृतिलाई घर–घरमा पुु्यार्उन र भावी खेलाडी उत्पादन गर्न समेत अभियानका रुपमा लैजानु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष तेज गुरुङले फागुन ३ गते हुने पोखरा म्याराथनलाई उत्सवको रुपमा अगाडि लैजान मञ्चले सबैलाई आह्वान गरेको बताए । उनले भने–“यो म्याराथन मात्रै होइन यसले समाजमा जागरुकता र सचेतना फैलाउने काममा समेत सहयोग गर्नेछ ।” उनले कार्यक्रममा यूनेष्कोका पूर्व अध्यक्ष डेभिडसन लिन्कन लगाएत विदेशी खेलाडीको समेत सहभागिता हुने बताए । उनले पोखरा म्याराथनलाई दिगो विकास लक्ष्य संग जोडिएर कार्यक्रम तय भएको जानकारी दिए ।

सो अवसरमा पोखरेली मंच यूकेका तथा सहारा यूकेका सल्लाहाकार महेश गुरुङ, मञ्चका प्रथम उपाध्यक्ष हरिप्रसाद पराजुली, सचिब कृष्ण तिमिल्सेना लगाएतले बोलेका थिए । १४ औं संस्करणको पोखरा म्याराथनमा ‘वल्र्ड पिस रन’ का धेरै सदस्यहरुले पोखरा म्याराथनलाई शान्तिका लागि दौडका रुपमा उपयोग गर्ने आयोजकले बताएको छ । यस अभियानका लागि १३ देशका २७ भन्दा वढीको सहभागिता रहने छन । यसै पोखरेली मंच यूकेको नेतृत्वमा एक टोली यूके बाट सहभागिताका लागि आउनेछ भने हङकङ, अमेरिका, जापान लगाएत अन्य देशहरुबाट सहभागिताका लागि आउने भएका छन ।

पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा परिचित गराउन तथा विदेशी धावकलाई आकर्षित गर्न पुरुस्कारको राशिमा वृद्धि गरिएको छ । जसमा यस पटक ४२ दशंमलव १९५ किमीको पोखरा म्याराथनमा प्रथम हुनेलाई २ लाख नगद प्रदान गर्ने जनाएको छ । त्यसै गरि दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १ लाख र ७५ हजार प्रदान गरिने छ भने भने चौथो हुनेलाई नगद १५ हजार प्रदान गरिने छ ।
पोखरा म्याराथन १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहिनका लागि दौडलाई निरन्तरता दिइएकोछ । १० किलोमिटर तर्फको दौडमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद १५, १० र ५ हजार र ५ किलोमिटर तर्फ १०, ५ र ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विल चियर र दृष्टीविहिन दौडका लागि समेत ५, ३ र २ हजार प्रदान गरिने मंचले जनाएको छ । पोखरा म्याराथनमा कूल २८ जना धावकहरुलाई पुरस्कृत गरिने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width