ओखलढुङ्गा, १३ माघ । ओखलढुङ्गामा सोमवार बिहान सवारी दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने चालकसहित अन्य ३ जना गम्भीर घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा सोमवार बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो ।
गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६ः३० बजेको समयमा दुर्घटना हुँदा विश्वकर्माको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिए।
दुर्घटनामा ज्यान गुमाएका विश्वकर्मा आफैँ पनि बिरामी थिए । दुर्घटनामा परेर चालक सोही ठाउँका जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन् ।
घाइतेको अवस्था गम्भीर रहेकाले स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर अस्पताल लैजाने तयारी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । बोलेरो सिद्धडाँडाबाट करिब ५०० मिटर तल खसेर गोपेखोला पुगी दुर्घटनाग्रस्त भएको छ । साँघुरो सडकका कारण अनियन्त्रित भई बोलेरो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
Related News
सम्बन्धित समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
वैशाख ३, २०८१