पोखरा महोत्सव सम्पन्न

आदर्श समाज सम्वाददाता
माघ १३, २०७६
_J3A7259

पोखरा, १३  माघ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट अभावको कारण पोखरामा निर्माणाधीन पोखरा जुलोजिकल पार्कको काम नरोकिने बताएका छन ।

युनाईटेड क्लबद्वारा सञ्चालित दशौ पोखरा महोत्सवको समापनमा वोल्दै मन्त्री गुरुङले क्लबको पहलमा पोखराको ३०, ३१ र ३२ मा रहेको पचभैया, चैनपुर चायापानी सामुदायिक वनमा निर्माणाधीन पोखरा जुलोजिकल पार्क गण्डकी प्रदेश सरकारको गौरवको आयोजना रहेकाले यसको निर्माणलाई पूर्णता दिन प्रदेश सरकारले अपनत्व लिएर काम गर्ने उनको भनाइ थियो ।

पोखरामा आयोजना हुने मेला महोत्सवले पोखराको आर्थिक विकासमा टेवा पुग्ने बताउदै मन्त्री गुरुङले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गरेकोमा खुसी ब्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । पोखरा महोत्सवको मुख्य प्रायोजक हिम श्रीफुड्सका बजार ब्यवस्थापक गोपाल केसीले पोखरा महोत्सवलाई विगतका वर्षहरुदेखी सहयोग गर्दै आएको र दशौ संस्करणमा आइपुग्दा आफुहरुले मुख्य प्रायोजकको रुपमा रही युनाईटेड क्लबको सामाजिक काममा सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताउदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए ।

महोत्सवको समापन समारोह आयोजक युनाईटेड क्लबका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । क्लबका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए । प्रमुख अतिथि गुरुङसंगै, क्लबका अध्यक्ष लालकाजी गुरुङ, निवर्तमान अध्यक्ष सुकबहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल सहित क्लबका पदाधिकारीहरुले संयुक्त रुपमा दशौ पोखरा महोत्सव २०७६ वाईवाई एघारौ पोखरा महोत्सव २०७७ हाइहाइ भन्ने ब्यानर जडित बेलुन उडाएर महोत्सवको समापन गरेका थिए ।

पुसको २९ देखी माघको १२ सम्म सञ्चालित महोत्सवमा दर्शकको उल्लेख्य साथ रहयो । महोत्सव अवधिभर करिव ३ लाख दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरे भने करौडौको ब्यापार भयो । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहयो भने हास्यब्यङ्ग्य कलाकारहरुको बेजोड प्रस्तुति रहयो । महोत्सव स्थल भित्र रहेको होमस्टेको प्रवद्र्धनका लागी राखिएको लम्जुङको पुरानोकोट होमस्टेको ब्यापक प्रचार समेत भयो । महोत्सवमा राखिएको थप आकर्षकको रुपमा रहेको पोखरा भ्यु टावरबाट दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका थिए । त्यसैगरी महोत्सवमा प्रदर्शनमा राखिएको शिक्षा मुलक सन्देश प्रदान गर्ने कखरा वृत्तचित्रले दर्शकको मन जित्न सफल भयो ।

महोत्सवको अन्तिम दिन लोकदोहरीबाट ख्याति कमाएकी कमला घिमिरे र प्रिन्स लम्सालको दोहोरी घम्साघम्सीमा दर्शकले भरपुर मनोरन्जन लिए । घिमिरे र लम्सालसंगै लोकदोहोरी गायक गायिका सरला पाण्डे, कुमार पुन, दीला बिक, सुरेन्द्र गुरुङ, टेक क्षत्री, शिवहरि ढुंगाना, सीता परियार, सीता केसी, निश्चल थापा, प्रशान्त तामाङ, परशुराम अधिकारी, किसान नेपाली लगायतको प्रस्तुतिमा दर्शकले मनोरन्जन लिएका थिए भने संस्कृति तर्फ बगाले टोल तायाः मचाः समितिको गाईजात्रा नृत्य प्रस्तुति र सांझको पप तथा लाईभ कन्सर्टमा अनुप्रस्था र मेलिना राईको प्रस्तुतिमा युुवा झुमेर नाचे । महोत्सवबाट आम्दानी भइबचेको रकमबाट युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनको क्षेत्रमा पोखराको लेखनाथ पचभैयामा निर्माणाधिन पोखरा जुलोजिकल पार्क निर्माण र सेती नदी संरक्षणमा खर्चिदै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा छठ पर्वको तयारी पूरा

    आदर्श समाज सम्वाददाता कार्तिक ११, २०७९
    पोखरा, ११ कात्तिक : पोखरामा छठ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी पूरा भएको छठ पर्व पूजा समितिले शुक्रबार पत्रकार सम्मेलन…
  • सकियो सडक महोत्सव

    आदर्श समाज सम्वाददाता पौष १७, २०७७
    पोखरा । कोभिड–१९ जोखिमबीच आयोजित २२ औं पोखरा सडक महोत्सव अपेक्षाभन्दा बढी सफल भएको आयोजकको दाबी छ । फेवाताल किनारमा…
  • याे वर्ष टुर दी पोखरा नहुने

    आदर्श समाज संवाददाता पौष १०, २०७७
    पोखरा । साइकल सिटी पोखराले बर्सेनि गर्दै आएको टुर दी पोखरा यो वर्ष नहुने भएको छ । कोरोनाका कारण भीडभाड…
  • ‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत   

    रासस भाद्र १४, २०७७
    काठमाडौँ, १४ भदौ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ।…
  • थारु समुदायको संसारी पूजा स्थगित

    आदर्श समाज सम्वाददाता चैत्र २५, २०७६
    नवलपरासी, २५ चैत्र । कोरोनाको त्रासका कारण नेपालमा लकडाउनको समय लम्बिदै गएपछि नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने…

hero news full width