मिस नेवाः मा २५ युवती छनोट

आदर्श समाज सम्वाददाता
माघ १३, २०७६
Phot 11 (1)

पोखरा । मिस नेवाः पोखरा ११०४ मा आइतबार अडिसनबाट २५ प्रतिष्पर्धी छानिएका छन् ।

छनोटमा परेकालाई माघ १७ देखि २८ दिनसम्म विभिन्न प्रकारको तालिम दिई अन्तिम प्रतिष्पर्धामा उतारिने प्रतियोगिता संयोजक विमल श्रेष्ठले बताए ।नेवाः खल कास्कीले आयोजना गरेको सो प्रतियोगितामा १६ देखि २३ वर्षका युवती सहभागी छन् । उनीहरुलाई नेवारी भाषा, सांस्कृतिक, नाच, संगीत, नेवारी सभ्यताका साथै व्याक्तित्व र नेतृत्व विकासबारे सहजीकरण गरिने छ ।

नेवाः खल कास्की अध्यक्ष अशोक पालिखेले यो प्रतियोगिता सुन्दरी प्रतियोगिता नभई भाषा, संस्कृति जोगाउने अभियान भएको दाबी गरे । उनले भने, ‘विश्वव्यापीकरण र प्रविधिको विकाससँगै हाम्रो संस्कार, संस्कृतिमा पनि केही चुनौती थपिएका छन् तर हामीले हाम्रो संस्कार भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।’

उपाधि विजेताले ४० हजार, फस्ट रनर अप र सेकेण्ड रनर अपले क्रमशः २५ र १५ हजार पाउनेछन् । यस्तै, विभिन्न टाइटल विजेतालाई पनि पुरस्कार व्यवस्था छ । उत्कृष्ट नेवारी भाषा ७ हजार, भ्यूअर्स च्वाइस, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी, वेस्ट फे्रन्डली, बेस्ट स्माइल र फोटोजेनिकलाई जनही ५ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । ग्राण्ड फिताले ८ चैतमा पोखरा सभागृहमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width