मनाङे ६ हजार धरौटीमा रिहा

आदर्श समाज सम्वाददाता
माघ १२, २०७६
dipak

पोखरा, १२ माघ । कुटपीटको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे ६ हजार रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई आइतबार धरौटीमा छाडेको हो ।

जिल्ला फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेपछि उनी पक्राउ परेका थिए । उनीमाथि प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले आइतबार उनलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । मनाङे ५ दिन अघि पक्राउ परेका थिए कार्यालयले मनाङेलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width