१२० विद्यार्थीको आँखा परीक्षण

आदर्श समाज सम्वाददाता
माघ १२, २०७६
student

पोखरा, १२ माघ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ खादरजुङ्ग स्थित वाराही आधारभूत विद्यालयमा अध्ययनरत १२० जना विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

सहयोगी हात नेपालले उक्त विद्यालयका कक्षा नर्सरी देखि पाँच सम्मका विद्यार्थीलाई स्वीटर र स्टेश्नरी प्रदान गर्नुको साथै नेपाल नेत्र ज्योति संघ कास्कीको सक्रियतामा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा विद्यार्थीको आँखा परीक्षण गरिएको हो ।

आँखा परीक्षणकै क्रममा ४ जना विद्यार्थीलाई हिमालय आँखा अस्पतालमा निःशुल्क उपचारका लागि रिफर गरिएको थियो । ग्रिन नेपाल पोखराका अशोक पालिखे मार्फत जर्मनको कुबेरा फाउन्डेसनबाट खाजा, स्टेशनरी, ड्रेस र खेलकुद सामाग्री, नेपाल पुस्तक व्यवसायी संघ कास्कीको तर्फबाट पुस्तक प्रदान गरिएको थियो ।

कास्की सार्दीखोला कतार समाजबाट ट्रयाक सुट, लाइन्स क्लब अफ पोखरा नर्थका एक्सटेन्सनका अध्यक्ष मोतिराज तिमिल्सीनाबाट युरोगार्ड, उक्त विद्यालयका भूपू विद्यार्थी लेखबहादुर गुरुङ्गबाट १ लाख रुपैयाँ लिला क्षत्रीबाट छालाको जुत्ता मोजा, भुवनसिंह गुरुङ्गबाट दश हजार रुपैयाँ, गण्डकी रेन्बो ट्राउट लगायतबाट विद्यार्थी र विद्यालयलाई सहयोग गरेका छन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथि माछापुच्छे« गाउँपालिका वडा नं. २ वडाअध्यक्ष विक्रम गुरुङ्ग, विशेष अतिथि वडा सदस्य गणेश आचार्य र भिमबहादुर गुरुङले राज्यबाट गर्नसक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width