मनाङेलाई दुई दिन म्याद थप

आदर्श समाज सम्वाददाता
माघ ११, २०७६
dipak

पोखरा, गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई थप २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ ।

सांसद मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई गत मंगलबार लेखनाथमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनकै बेला झापड हानेका थिए । उनीविरुद्ध मिलनले बुधबार जिल्ला प्रहरी कार्यालय दिएको जाहेरी दरखास्त आधारमा बिहीबार मनाङे पोखरा लेकसाइडस्थित एक होटलबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि ३ दिन माग गरेकोमा जिल्ला सरकारी वकिलको कार्यालयले २ दिनमात्र माग दाबी गरेकोमा सोहीअनुरुप जिल्ला प्रशासनले सदर गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीले अनुसन्धानका लागि आवश्यक भए थप म्याद थप्न सकिने जानकारी दिए ।
म्याद थपका लागि सांसद मनाङेलाई शुक्रबार दिउँसो सरकारी वकिलको कार्यालयमा बयानपछि जिल्ला प्रशासन लगिएको थियो ।दुई दिनयता प्रहरी हिरासतमा रहेका उनले प्रशन्न मुद्रामा पत्रकारसँग कुराकानी र फोटो सेसन दिए । आफूविरुद्ध उजुरी हालेका एन्फा कास्की अध्यक्ष मिलनसमेत शुक्रबारै पक्राउ परेको जानकारीपछि उनले भने, ‘मेरो मिसन सफल भयो ।’ उनले भने, ‘जुन चिजलाई मैले भिडेथें, त्यो केस सक्सेस भयो । त्यो ठग (मिलन) लाई बल्ल समात्न थाल्यो । अब यो ठगको मुद्दा आउँदैछ । जुन चिजलाई मैले लडेथें । अब सक्सेस त भयो नि कमसेकम ।’

उनले अगाडि भने, ‘ १० वर्ष भएछ, यसले पोखरामा एकलौटी ठग्दै बसेको । कसैले केही मुद्दा हाल्न नसक्ने यसलाई । यति ठूलो ठन रहेछ यो खतरनाक नै रहेछ ।’ उनले ‘यसको पार्टी काँग्रेस रहेछ’ भन्दै गर्दा उनीमाथि पत्रकारले ‘तपाईको पुरानो पार्टी !’ भनी राखेको जिज्ञासामा हास्दै भने, ‘त्यही भएर त छोडेको ।’यसैबीच, उनीविरुद्ध उजुरी दिने एन्फा कास्की अध्यक्ष मिलनलाई कास्की प्रहरीले शुक्रबार दिउँसो पोखरा न्यूरोडबाट पक्राउ गरेको हो । मिलनविरुद्ध ठगी तथा चेक बाउन्स (बैंकिङ कसूर) को उजुरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए । ठगी तथा चेक बाउन्सको उजुरी परेकोले उच्च जिल्ला अदालत पोखराबाट अनुमति लिई जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी दिएको प्रवक्ता केसीले बताए ।

उनीविरुद्ध पोखरा ६, लेकसाइडस्थित ओम गोरा जोस्टल होटलका सञ्चालक हरिभक्त आचार्यले २ लाख ठगी गरेकोबारे बैंकिङ कसूर मुद्दा दायर गरेका थिए । होटलमा मिलनमार्फत् साफ यू–१८ च्याम्पियनसीप लगायत प्रतियोगितामा खेलाडी बसेको चार्ज बाँकी रहेको जनाइएको छ । यसरी झापड प्रकरणको चार दिनपछि सांसद मनाङे र एन्फा कास्की अध्यक्ष मिलन दुवै जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेका छन् । सांसद मनाङेलाई बाल न्यायिक अनुसन्धान केन्द्रमा राखिएको छ भने मिलनलाई सर्वसाधारण रहने हिरासतमा राखिएको छ ।

घटना प्रकरण एउटै भए पनि उजुरी फरक–फरक रहेकोले हिरासतमा फरक–फरक राखिएको कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले बताए । उनले भने, ‘सांसद गुरुङ बहालवाला सांसद रहेको र अभद्र व्यवहार अर्थात् सामान्य प्रकृतिको मुद्दा रहेकोले बाल न्यायिक अनुसन्धानमा राखिएको हो । तर, मिलनको पक्षमा भन्नुपर्दा उनीविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन २०६४ अनुरुपको मुद्दा रहेकोले आकाश–पातालको फरक छ ।’

Related News

सम्बन्धित समाचार

  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…
  • कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    चितवन । चितवनमा रहेका २ हात्ती कतारलाई उपहारस्वरुप पठाउने तयारी गरिएको छ । कतारका अमीर (राजा) शेख तमिम बिन हमाद…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…

hero news full width