मन्दिर आस्थाको धरोहर मन्त्री लम्साल

आदर्श समाज सम्वाददाता
माघ ११, २०७६
pauder mahayagya progrem photo (1)

हेमजा ।गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले मन्दिर आस्थाको घरोहर भएको चर्चा गर्दै कतिपय अवस्थामा तनावमुक्त गर्ने ठाउँ पनि मन्दिर नै हुने बताएका छन् । अन्नपूर्ण–३, पाउँदुर, धारापानीस्थित शिवालय मन्दिरको सर्वाङ्गीर्ण विकासका लागि आयोजित शिवमहापुराण धनधाञ्याचल महायज्ञ शुक्रवार उद्घाटन गर्दै मन्त्री लम्सालले सो विचार व्यक्त गरेका हुन् ।

उनले पाउँदुर क्षेत्रको विकासका लागि राम्रो कार्यको शुरुवात भएको र यज्ञको संकल्प प्राप्तिका लागि पाउँदुरवासी, स्थानीय तथा प्रदेश सरकार मिली पूरा गरिने विश्वास लिए । ‘जति धेरै दान दियो, उति मान बढ्छ,’ मन्त्री लम्सालले भने, ‘सनातन धर्मको रक्षार्थ संस्कृति हस्तान्तरणको विकल्प छैन ।’महायज्ञका प्रमुखवाचक भागवत्भाष्कर पं. कमलनयन गौतमले आजकल हिन्दू धर्ममाथि चौतर्फी प्रहार भइरहेको जनाउँदै त्यसको रक्षार्थ ओमकार परिवार एकजुट हुनुपर्ने बताए । यज्ञ आफैमा भगवान्को स्वरुप रहेको औँल्याउँदै उनले शिवालयलाई पञ्चासे प्रवेशद्वारका रुपमा विकास गर्ने संकल्प लिनुपर्नेमा जोड दिए । तन, मन र धनले यज्ञ सफल पार्न स्थानीयको सहयोग हुने उनको विश्वास थियो ।

कास्कीका तत्कालीन जिविस सभापति पुण्यप्रसाद पौडेलले आस्थाको केन्द्रका रुपमा शिवालयलाई चिनाए ।उनले यज्ञको भरपुर रस्वादन गर्न पाउँदुरवासीलाई आग्रह गर्दै विस्तृत परियोजना प्रतिवेदन निर्माण गरेर मन्दिरको पुनःनिर्माण थाल्नुपर्ने औँल्याए ।गाउँपालिका अध्यक्ष युवराज कुँवरले यस लोकको सृष्टि भगवान् शिवले नै गरेको स्पष्ट पारे । धर्मका बारेमा आफू घेरै जानकार नभए पनि धर्ममा विश्वास लाग्ने गरेको उनको अनुभव छ । सेवा नै धर्म भएको चर्चा गर्दै अध्यक्ष कुँवरले दानीलाई कहिल्लै पनि हानी नहुने विचार राखे ।

राप्रपाका केन्द्रीय सदस्य समेत रहेका मूल आयोजक समिति सह–अध्यक्ष कुलबहादुर गुरुङ कुलुले शिवालय मन्दिरलाई धामका रुपमा विकास गर्नुपर्ने भनाइ राखे । कलशयात्राका सहभागीले पाउँदुरवासी एक रहेको सन्देश दिएको पनि उनको भनाइ छ ।वडाध्यक्ष समेत रहेका अर्का सह–अध्यक्ष चन्द्रबहादुर गुरुङले मन्दिरको संरक्षणका लागि स्थानीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराए । स्वर्गद्वारी महाप्रभुको संकल्प अनुसार मन्दिर स्थापना भएको उनको अनुभव छ ।

मूल आयोजक समिति अध्यक्ष रामचन्द्र पौडेलले शुक्रवारको दिनलाई पाउँदुरवासीको हर्षको दिन भएको भनाइ राखे । कतिपय अवस्थामा यज्ञलाई बन्धु जमघटको माध्ययमका रुपमा लिनुपर्ने उनको तर्क छ ।
यज्ञ उद्घाटन पूर्व स्थानीय नयाँबजारबाट कलशयात्रा शुरु भएको थियो । उक्त यात्रा पाउँदुरकोट, पाउँदुरघुम्ती, पत्थर, लक्ष्मीदेउराली, क्याम्पस गेट, रयाले हुँदै यज्ञस्थल प्रवेश गरेको थियो । कलश यात्रामा सयौं पाउँदुरवासी सहभागी थिए ।

माघ १८ सम्म चल्ने यज्ञअन्तर्गत शिवमहापुराणको कथा प्रवचन, रुद्राभिषेक, हवन, धनधाञ्यान्चल, तुलादान, वेद पाठपारायण, सामूहिक ब्रतबन्ध, चौरासी पूजा, चण्डिपाठ लगायत कार्यक्रम हुनेछन् ।
महायज्ञमार्फत संकलित रकमबाट मन्दिरको पुनःनिर्माण गर्ने, नियमित पूजाका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यीय धर्मशाला बनाउने, अन्नपूर्ण माताको मन्दिर निर्माण गर्ने, मूल प्रवेशद्वार बनाई मन्दिर परिषरमा पक्की पर्खाल लगाउने तथा पर्यटन वर्ष २०२० लाई सघाउँदै धार्मिक पर्यटनका टेवा पु¥याउने लक्ष्य छ ।

यसैबीच, यज्ञ प्रचारप्रसारअन्तर्गत बिहीवार मोटरसाइकल ¥याली भयो । काँडेबजारबाट शुरु उक्त ¥याली लुम्ले हुँदै पुनः काँडे फर्केर नागडाँडा, कास्कीकोट हुँदै सराङ्कोटसम्म पुगेको थियो । जसको नेतृत्व युवा परिचालन उपसमिति संयोजक विष्णुप्रसाद पौडेलले गरेका थिए।मूल आयोजक समिति अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सह–अध्यक्ष चन्द्रबहादुर गुरुङले स्वागत र मूल आयोजक समिति महासचिव हरिप्रसाद शर्माले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथमा महायज्ञ समिति

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ। वि.स. २०६० सालमा महायज्ञ गरेर निर्माण शुरु गरिएको पोखरा ३० को लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउने…
  • राधाकृष्णको महायज्ञबाट ४० लाख

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ । पोखरा–३२, श्यामघाट लामेआहाल स्थित राधाकृष्ण मन्दिरको ज्ञान महायज्ञमा ४० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । मन्दिरको…
  • अस्पताल बचाउन फेरि महायज्ञ

    आदर्श समाज सम्वाददाता फागुन २३, २०७६
    भीमपाणि बराल-लेखनाथ । पोखरा ३०, मोहोरियास्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गीण विकासका लागि आगामी बैशाखमा महायज्ञ सञ्चालन गरिने भएको छ…
  • राधाकृष्ण मन्दिरमा महायज्ञ जारी

    आदर्श समाज सम्वाददाता फागुन २२, २०७६
    कविराज खानल-लेखनाथ ।पोखरा महानगरपालिका वडा ३२, श्यामघाट लामेआहालस्थित राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले…
  • राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत

    आदर्श समाज सम्वाददाता फागुन १८, २०७६
    लेखनाथ। पोखरा–३२, श्यामघाट लामेआहालमा रहेको राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ…

hero news full width