हेल्प नेपाल र एपीएफलाई क्लब च्याम्पियनसीप भलिबल उपाधि

आदर्श समाज सम्वाददाता
माघ ११, २०७६
Help Nepal, Winner Volleyball

पोखरा । हेल्प नेपाल स्पोर्टस् क्लब र विभागीय सशस्त्र प्रहरी बलको एपीएफले क्लब च्याम्पियनसीप भलिबलको उपाधि जितेका छन् ।

नेपाल भलिबल संघले आयोजना गरेको पाँचौं आरबीबी एनभीए क्लब च्याम्पियसिप भलिबलको पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ एपीएफले उपाधि जितेको हो ।

राजधानीको दशरथ रंगशालास्थित राखेप कभर्ड हलमा शुक्रबार भएको च्याम्पियनसीपको पुरुतर्फ हेल्प नेपालले विभागीय एपीएफमाथि २५–१७, २५–१४ र २५–२१ को सोझो सेटमा जित निकाल्दै उपाधि हात पा¥यो ।

गत संस्करण पनि उत्कृष्ट प्रदर्शन गरेको हेल्प नेपालले खेलाडीको विषयमा विवाद भएपछि बीचैमा प्रतियोगिता छाडेको थियो । यस पटक उसले उपाधि नै जितेको छ । उपाधि विजेता हेल्प नेपालले २ लाख र उपविजेता एपीएफले १ लाख, ट्रफी पुरस्कार प्राप्त ग¥यो । यस्तै, पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी तेस्रो बन्यो । आर्मीले नेपाल पुलिसलाई पराजित गर्दै तेस्रो भएको हो ।

गत संस्करणको उपाधि विजेता आर्मी एपीएफसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो । आर्मीले पुलिसमाथि ३–० कै सेटमा पराजित गर्दै तेस्रो बनेको हो । आर्मीले पुलिसलाई २५–१८, २५–१८, २५–२० को सोझो सेटमा हराएको थियो । आर्मीले ५० हजार पुरस्कार पायो । प्रतियोगितामा पुरुष तर्फ ११ टिमको सहभागिता थियो ।

महिलातर्फ एपीएफ च्याम्पियन

त्यस्तै, क्लब च्याम्पियनसीपको महिलातर्फ विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लबले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय भलिबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको फाइनलमा न्यू–डायमण्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पाखा लगाउँदै एपीएफ च्याम्पियन बनेको हो । दोस्रो वर्ष च्याम्पियन बन्ने क्रममा एपीएफले न्यू डायमण्डमाथि २५–२३, २५–२१, २३–२५ र २५–१८ को सेटमा जित निकालेकोे थियो ।

एपीएफले यस संस्करणको जितसँगै उपाधि रक्षा समेत गरेको छ । उपाधिसँगै एपीएफले एपीएफले २ लाख प्राप्त गरेको छ । उपविजेता न्यू–डायमण्डले १ लाखमा चित्त बुझायो ।

प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गरेको थियो । आर्मीले पुलिसमाथि २५–२२, २५–१३ र २५–२१ को सेटमा जित निकालेको थियो । तेस्रो भएसँगै आर्मीले ५० हजार प्राप्त गरेको छ । प्रतियोगिताको महिलातर्फ ७ टिमले प्रतिस्पर्धा गरेको थियो ।

प्रतिभा र अमित उत्कृष्ट खेलाडी

प्रतियोगितामा महिलातर्फ प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी बनिन् । त्यस्तै, पुरुषतर्फ अमित सर्वोत्कृष्ट खेलाडी बने । प्रतिभा र अमितले समान २५/२५ हजार सहित ट्रफी पुरस्कार पाए ।

महिलातर्फ नै एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, त्रिभुवन आर्मी क्लबकी सुनिता खड्का उत्कृष्ट ब्लकर, एपीएफकी विनिता बुढाथोकी उत्कृष्ट सेटर, न्यू– डामण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो र एपीएफक महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए ।

त्यस्तै, पुरुषतर्फ आर्मीका राजेन्द्र विष्ट उत्कृष्ट स्पाइकर, हेल्प नेपालका याम क्षत्री उत्कृष्ट ब्लकर, सोही क्लबका विकास कुमार उत्कृष्ट सेटर, एपीएफका विनोद चन्द उत्कृष्ट लिबेरो, एपीएफकै विजय थापा उत्कृष्ट सर्भर र हेल्प नेपालका स्वाभिराम बलवानसिंह उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडीहरुले समान १०/१० हजार र ट्रफी पुरस्कार प्राप्त गरे । राष्ट्रिय वाणिज्य बैंकले प्रतियोगितालाई प्रायोजन गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width