टिप्परको ठक्करबाट गैडाकोटमा १ को मृत्यु

आदर्श समाज सम्वाददाता
माघ ११, २०७६
1568570050-1645

नवलपुर, ११ माघ । पूर्वी नवलपरासीको गैडाकोटमा शुक्रबारराति टिप्परको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

गैडाकोट– ८ मौलाकालिका होटल अगाडि ना १ क ८३३० नम्बरको टिप्परले विपरित दिशाबाट आउँदै गरेको बा ६७ प ७८८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक रूपन्देही बुटवल सितलनगर बस्ने ३५ वर्षीय भुवन केसीको निधन भएको हो ।

ठक्करबाट गम्भीर घाईते केसीको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा राति निधन भएको हो ।दुर्घटनामा परी मोटरसाईकलमा गैडाकोट ५ निवासी २६ वर्षीय शशिकपुर केसी घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भई रहेको छ । ठक्कर दिने टिप्पर र टिप्पर चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width