एन्फा कास्कीका अध्यक्ष मिलन पक्राउ

आदर्श समाज सम्वाददाता
माघ १०, २०७६
milan

पोखरा, १० माघ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन्न् ।

ओम गौरा जोस्टेल प्रालिका प्रोपाइटर हरिभक्त आचार्यले दिएको उजुरीका आधारमा कास्की प्रहरीले शुक्रवार उनलाई पोखराको गैह्रापाटनबाट पक्राउ गरेको हो । बैंकिङ कसुर तथा ठगीको आरोपमा परेको उजुरी बारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले बताए । गण्डकी प्रदेश मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको उद्घाटनमा गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले हातपात गरेका थिए ।

अध्यक्ष गुरुङको उजुरी परेपछि प्रहरीले बिहिबार सांसद गुरुङलाई नियन्त्रणमा लिएको थियो । सांसद मनाङे अहिले कास्की प्रहरीको हिरासतमा छन्न् । उनीविरुद्ध घटनाको छानबिन भइरहेको छ ।सांसद गुरुङले आफूले हातपात गरेको स्वीकार्दै आएका छन् । सांसद मनाङ्गेले मुख्यमनत्री कप प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा आक्रोश पोखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width