घुस लिएको अभियोगमा पक्राउ

रासस
माघ १०, २०७६
content_1543214030

भोजपुर, १० माघ । पुनःनिर्माण प्राधिकरणका कर्मचारी छ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको जनाएको छ । इञ्जिनीयर तिवारीलाई शुक्रवार छ हजार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी श्याम सारु मगर नेतृत्वको टोलीले त्यही होटलबाट रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width