लगानी गर्ने वातावरण बन्यो- तिमिल्सिना

रासस
माघ १०, २०७६
ganesh_timilsina

पर्वत, १० माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशमा शान्ति सुरक्षा र कानून कार्यान्वयन तीव्र रुपमा अगाडि वढेकाले ढुक्कभई लगानी गर्न आग्रह गरे ।

पर्वत उद्योग वाणिज्य संघको आयोजनामा बिहीवारबाट शुरु भएको छैटौँ पर्वत महोत्सवको उद्घाटन गर्दै उनले आर्थिक समृद्धि हासिल गर्न लगानी आवश्यक छ, अव लगानी गर्ने वाातावरण देहमा बनेको छ ।
सबै लगानी राज्यले गर्ने होइन, उद्यमीले पनि आफूसँग जे छ यसलाई बैंकमा धितो राखेर पैसा निकाल्नुपर्छ,” अध्यक्ष तिमिल्सिनाले भने उद्यमीहरू बैंकमा धितो राखेर पैसा निकाल्न चहान्छन् भने राज्यले त्यो प्रक्रियालाई सजिलो बनाउछ, सहकार्य गर्छ ।”

महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै करिब डेढ करोड संकलन हुने लक्ष्य रहेको जानकारी दिए। महोत्सवमा झन्डै २०० प्रदर्शनी कक्ष रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width