राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी भएका छन् । विजयी श्रेष्ठ गोरखा र न्यौपाने तनहुँका हुन् ।
नेकपा प्रवक्ता समेत रहेका श्रेष्ठ (अन्य समूहतर्फ) ले बिहीबार पोखरामा भएको निर्वाचनमा मतदानमा ३ हजार ४ सय ६२ मतभार प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुन सफल भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मतभार प्राप्त गरे । अर्का राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १ सय ९८ मतभार प्राप्त गरे ।
सो समूहअन्तर्गत कुल ६० जना मतदाता प्रदेशसभाअन्तर्गत विजयी श्रेष्ठको पक्षमा ४१ मत (१ हजार ९ सय ६८ मतभार) तथा गाउँपालिका÷नगरतर्फ १ सय ६८ मतदातामध्ये ८३ मत (१ हजार ४ सय ९४ मतभार) गरी कुल ३ हजार ४ सय ६२ मतभार प्राप्त गरेको जानकारी जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रवक्ता रुद्र न्यौपानेले दिए ।
निकटतम् प्रतिद्वन्दी काँग्रेस उम्मेदवार रेग्मीले प्रदेशतर्फ १६ मत तथा पालिका तथा नगरतर्फ ८२ मत प्राप्त गरेका थिए ।
उता, महिला समूहतर्फ विजयी नेकपाकी उम्मेदवार भगवती न्यौपानेले ३ हजार ३ सय ६६ मतभार प्राप्त गर्दै विजयी हुन सफल भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेस उम्मेदवार बिमल गौचनले २ हजार ३ सय ४० मतभार प्राप्त गरेकी थिइन् ।
विजयी न्यौपानेले प्रदेशसभातर्फ ३९ मत (१ हजार ८ सय ७२ मतभार) तथा गाउँपालिका÷नगरतर्फ ८३ मत (१ हजार ४ सय ९४ मतभार) गरी कुल ३ हजार ३ सय ६६ मतभार प्राप्त गरेकी हुन् ।
काँग्रसकी गौचनले प्रदेशतर्फ १८ मत (८ सय ६४ मतभार) तथा गाउँपालिका÷नगरतर्फ ८२ मत (१ हजार ४ सय ७६ मतभार) गरी कुल २ हजार ३ सय ४० मतभार प्राप्त गरेकी थिइन् ।
चुनावमा नेकपा, काँग्रेस र जनमोर्चाबाट २ पदका लागि ५ जनाको उम्मेदवारी परेको थियो । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म भएको मतदानमा १ सय ७० मतदातामध्ये १ सय ६८ जनाले मतदान गरेका थिए । चुनावमा गोरखा सिराञ्चोक गाउँपालिका उपाध्यक्ष रीता देवकोटा र मुस्ताङको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट उपस्थित भएनन् ।
Related News
सम्बन्धित समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
hero news full width
मुख्य समाचार
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१