राष्ट्रियसभा चुनाव, गण्डकीमा मतदान जारी

आदर्श समाज सम्वाददाता
माघ ९, २०७६
04

विजय नेपाल – पोखरा, ९ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचन लागि गण्डकी प्रदेशमा बिहीबार बिहान १० बजदेखि मतदान जारी छ । मतदान कार्यक्रम दिउँसो ४ बजेसम्म चल्ने जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

पोखराको राष्ट्र बैंकचोकस्थित जिल्ला निर्वाचन कार्यालय परिसरमा मतदान व्यवस्था मिलाइएको छ । आफ्नो पक्षमा भोट खसाल्न मतदाता पंक्तिवद्ध छन् । मतभार हिसावले गण्डकीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवारको जित सुनिश्चित जस्तै छ । नेकपाबाट अन्यमा पार्टी प्रवक्ता समेत रहेका गोेरखाका नारायणकाजी श्रेष्ठ र महिलातर्फ तनहुँकी भगवती न्यौपाने उम्मेदवार छन् । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मतदान गरिसकेका छन् । मतदान दिउँसो ४ बजेसम्म चल्नेछ ।

गण्डकीबाट ५ जनाको उम्मेदवारी छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले दुवैै पदमा मनोनयन दर्ता गराएकोमा प्रदेश र प्रतिनिधिसभाको उपचुनावमा सहकार्य गरेको राष्ट्रिय जनमोर्चाले एक पदमा मात्रै उम्मेदवारी दिएको थियोे । काँग्रेसबाट अन्यमा स्याङ्जाका सूर्यप्रसाद रेग्मी र महिलातर्फ म्याग्दीकी बिमला गौचन प्रतिष्पर्धामा छन् । जनमोर्चाबाट कास्कीका शंकर बरालमात्र छन् । गण्डकीमा सुरेन्द्र पाण्डे र बृन्दा आले रानाको कार्यकाल सकिएपछि यहाँ चुनाव हुन लागेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width