स्कुलबस दुर्घटना हुँदा सहचालकको मृत्यु

एजेन्सी
माघ ९, २०७६
eeee

पोखरा, ९ माघ । मोरङ जिल्लाको रंगेलीमा कलेज बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने ११ जना विद्यार्थी घाइते भएका छन् ।

बिहीबार बिहान ६.३० बजे लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटना भएको हो। दुर्घटनामा परी सहचालकसमेत रहेका बसधनी विराटनगर–१५ का ३२ वर्षीय सानु साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घनपालथान गाउँपालिका–४ रामचोकमा अनियन्त्रित भएर बस पल्टिँदा ११ जना विद्यार्थी घाइते भएका हुन् । घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि फरार बसका चालक विराटनगर १० का खिलबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बाक्लो हुस्सु लागेकोले विपरीत दिशाबाट आउँदै गरेको सवारी टाढैबाट देख्न नसक्दा बस अनियन्त्रित भई पल्टेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width