छुरा प्रहारबाट रोहनको मृत्य

एजेन्सी
माघ ९, २०७६
arrest-reu-1

भक्तपुर । मदिरा सेवनपछि भएको विवादमा साथीको छुरा प्रहारबाट भक्तपुरमा एक किशोरको मृत्यु भएको छ।भक्तपुर नगरपालिका–६ भोलाछेंमा छुरा प्रहार हुँदा १५ वर्षीय रोहन सुवालको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी भक्तपुर-१० चोखा कमलविनायक निवासी हुन्। घटना बुधबार रातिको हो।

छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट पक्राउ गरेको छ। उनीहरुमाथि अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिए।चार/पाँच जना साथीसँगै बसेर मदिरा सेवन गर्दा भएको सामान्य विवादमा साथीले सुवालको छातीमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीले छुरा बरामद छ।

Related News

सम्बन्धित समाचार

hero news full width