अपराधी छुट्टाउन लर्कोः कास्की प्रहरी प्रमुख

आदर्श समाज सम्वाददाता
माघ ८, २०७६
police progrem hemja photo

हेमजा  । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले विभिन्न बहानामा अपराधी छुट्टाउन जिल्ला प्रहरी कार्यालयमा मानिसको लर्को लाग्ने गरेको बताएका छन्।

सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा हेमजाले मंगलवार गरेको मनोवैज्ञानिक परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्कीले सो कुरा बताएका हुन् ।
प्रहरीको काम अपराधीलाई सुधार्ने हो विभिन्न वहानामा छुट्टाउन हैन भन्दै प्रमुख कार्कीले आफू अपराधीलाई छुट्टाउने पक्षमा नरहेको स्पष्ट पारे । भनसुन भरमा, ठूलो मान्छे भएकै कारण प्रहरीले अपराधी नछाड्ने दाबी गर्दै उनले अपराधमा कमी ल्याउन घरबाटै वातावरण सिर्जना गर्नुपर्ने बताए।

समाजका सबै व्यक्ति प्रहरी भएको संज्ञा दिँदै प्रमुख कार्कीले अर्काको देखासीकी गरेर घेरै पैसा कमाउने होडबाजीमा नलाग्न पनि सुझाव दिए । कतिपय अवस्थामा अपराध बढ्नुमा बच्चाको हुर्काइ प्रक्रिया नै दोषी भएको उनको ठहर थियो । भौतिक प्राप्तिले मानिसलाई सुख नदिने स्पष्ट पार्दै प्रमुख कार्कीले सुख अनुभूति गर्ने विषय भएको औँल्याए ।कार्यक्रम सहजीकरण गर्दै मनोचिकित्सक डा सुशील कँडेलले बच्चा हुर्काउने पद्घति तथा जीवनशैलीका बारेमा जानकारी दिए । विभिन्न वहानामा स–साना बच्चालाई मोवाइल प्रगोग गर्न दिनु मानसिक रोगी बनाउनु हो भन्दै डा कँडेलले त्यस्तो नगर्न अभिभावकलाई सुझाव दिए ।

डा कँडेलले बच्चाले उसको बुबाबाट आत्मविश्वास तथा आमाबाट चातुर्यको पाठ सिक्ने भएकाले दुवै पक्षमा आमाबुबा सक्षम हुनुपर्ने भनाइ राखे। उनले आजकल वर्थ–डे पार्टीमा अधिकतम सूर्तिजन्य पदार्थको सेवन हुने गरेकोतर्फ संकेत गर्दै त्यसतर्फ चनाखो रहन कास्की प्रहरी समक्ष आग्रह गरे। कार्यक्रममा वडाध्यक्ष शोभाकर तिम्सिना, सामुदायिक सेवा केन्द्रअन्तर्गत जिल्ला समन्वय समितिका सदस्य नरेन्द्र आचार्यले पनि भनाइ राखेका थिए ।कार्यक्रममा हेमजास्थित आमा समूहका प्रतिनिधि, विभिन्न विद्यालय प्रधानाध्यापक, क्लब, संघसंस्थाका प्रतिनिधि लगायतको वाक्लो उपस्थिति थियो ।सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा हेमजाका अध्यक्ष विष्णु बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सदस्य देवीप्रसाद अधिकारीले स्वागत तथा सचिव दानबहादुर भुजेलले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width