दुई प्रमबाट एकीकृत जाँचचौकी शुभारम्भ

रासस
माघ ७, २०७६
nepal-india-diplomacy_d1d0a444-56d9-11e8-ae13-d985d3701f4e

मोहम्मद सदरुल –विराटनगर, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा मंगलवार यहाँ एकीकृत भन्सार जाँचचौकीको स्वीच अन गरेर उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले काठमाडौँ र उनका समकक्षी मोदीले नयाँदिल्लीमा मंगलवार बिहान ११ः१५ मा रिमोट कन्ट्रोलबाट चौकीको उद्घाटन गरे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले एकीकृत भन्सार जाँचचौकीले नेपाल र भारतबीचको व्यापार विस्तार गर्न मद्दत पुग्ने बताउँदै यसबाट दुवै देशको आर्थिक विकासमा सहयोग पुग्ने धारणा राखे । प्रधानमन्त्री ओलीले नेपालले भारतसँग विकासमा साझेदारी गर्न चाहेकामा पनि जोड दिए । उनले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिए ।

भिडियो कन्फ्रेन्सबाटै भारतीय प्रधानमन्त्री मोदीले नेपालको शान्ति, अखण्डता र समृद्धिको कामना गरे । नवनिर्मित चौकीले व्यापार, संस्कृति र शिक्षा क्षेत्रमा सुगमता ल्याउने विश्वास गर्दै प्रधानमन्त्री मोदीले गोरखा भूकम्पबाट भत्किएका निजी घरको पुनःनिर्माणमा भारत सरकारले निरन्तरता दिने विश्वास दिलाए । प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको निम्तो पनि स्वीकार गरे ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले नवनिर्मित चौकीले नेपाल भारतबीचको व्यापारमा अत्यन्त सुविधा पुग्ने तथा नेपालमा उत्पादन लागत कम हुने र रोजगारी एवं व्यापारमा सुगमता आउने धारणा राखे । एकीकृत भन्सार जाँचचौकी आजदेखि सञ्चालनमा आएपछि विराटनगर भन्सार कार्यालय छोटी भन्सार कार्यालय हुने छ । विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा बनाइएको छ ।

चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो । भारत, अहमदावादका दिनेशचन्द्र आर अग्रवालले भारतीय रु एक अर्ब १४ करोड लागतमा चौकी निर्माण गर्न ठेक्कामा लिएका थिए । विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हने र सवारीको चाप स्वतः घट्ने अनुमान गरिएको छ । विविध कारणले निर्माणमा ढिलो भए पनि अगामी केही दिनमै सो जाँचचौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहज हुने विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले बताए । उनले भन्सारका हरेक गतिविधि व्यवस्थित गर्न चौकीले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव नवराज ढकाल,सांसद शिवकुमार मण्डल, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र भारतीय राजदूतावासका प्रथम सचिव प्रजीतसिंह गुलाटीले जाँचचौकीले नेपाल र भारतको व्यापारमा सरलता ल्याउने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width