भरतपोखरीमा श्रीमद्भगवद् गीता ज्ञान महायज्ञ हुने

आदर्श समाज सम्वाददाता
माघ ७, २०७६
pokhra.jpg3_

पोखरा, ७ माघः ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय, बाघमारा उपशाखाको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३, बाघमारा कालिकास्थानमा श्रीमद्भगवद् गीता ज्ञान महायज्ञ हुने भएको छ ।

यही माघ ११ गतेदेखि १५ गतेसम्म हुने महायज्ञमा राजयोगिनी ब्रम्हकुमारी अप्सराले विहान ११.०० बजेदेखि २.०० बजेसम्म व्यवहारिक एवम् वैज्ञानिक प्रवचन गर्ने कार्यक्रम छ ।महायज्ञ अन्तर्गत प्रवचनका कार्यक्रम सम्पन्न भए पछि माघ १६ गतेदेखि २१ गतेसम्म राजयोग र मेडिटेशनका कक्षा सञ्चालन हुने ब्रम्हकुमारी रचनाले जानकारी दिइन् । उनका अनुसार सो अवसरमा विहान ८.०० बजेदेखि ९.०० बजेसम्म, दिउँसो १२.०० बजेदेखि १.०० बजेसम्म र बेलुका ३.०० बजेदेखि ४.०० बजेसम्म तीन चरणमा राजयोग र मेटिडेशनका कक्षा सञ्चालन हुनेछन्  । उनका अनुसार बाघमारा उपशाखा अन्तर्गत बरेलीचोक र कालिकास्थान गरी दुई ठाउँमा दैनिक करिब ५० जना सर्वसाधारण राजयोग र मेडिटेशनका कक्षामा सहभागी बन्दै आएका छन्

Related News

सम्बन्धित समाचार

  • लेखनाथमा महायज्ञ समिति

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ। वि.स. २०६० सालमा महायज्ञ गरेर निर्माण शुरु गरिएको पोखरा ३० को लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउने…
  • राधाकृष्णको महायज्ञबाट ४० लाख

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ । पोखरा–३२, श्यामघाट लामेआहाल स्थित राधाकृष्ण मन्दिरको ज्ञान महायज्ञमा ४० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । मन्दिरको…
  • अस्पताल बचाउन फेरि महायज्ञ

    आदर्श समाज सम्वाददाता फागुन २३, २०७६
    भीमपाणि बराल-लेखनाथ । पोखरा ३०, मोहोरियास्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गीण विकासका लागि आगामी बैशाखमा महायज्ञ सञ्चालन गरिने भएको छ…
  • राधाकृष्ण मन्दिरमा महायज्ञ जारी

    आदर्श समाज सम्वाददाता फागुन २२, २०७६
    कविराज खानल-लेखनाथ ।पोखरा महानगरपालिका वडा ३२, श्यामघाट लामेआहालस्थित राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले…
  • राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत

    आदर्श समाज सम्वाददाता फागुन १८, २०७६
    लेखनाथ। पोखरा–३२, श्यामघाट लामेआहालमा रहेको राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ…

hero news full width