पूर्व राष्ट्रिय खेलाडी रानाभाटलाई बगर भाइखलकको सम्मान

Avatar आदर्श समाज सम्वाददाता
माघ ७, २०७६

पोखरा । पूर्व राष्ट्रिय खेलाडी खड्क रानाभाटलाई बगर भाइखलक पोखराले सम्मान गरेको छ ।

खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले रानाभाटलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेकी हुन् ।

पोखरामा सोमबारदेखि शुरु तेश्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको अवसरमा भुतपूर्व खेलाडी मञ्च नेपालका संस्थापक अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी खड्क रानाभाटलाईसम्मान गरिएएको हो ।

रानाभाट, एथलेटिक्सतर्फ नेपालको राष्ट्रिय टोलीका प्रशिक्षक समेत हुन् ।

तस्बीर : आदर्श समाज

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

हेमजामा व्यायामशाला उद्घाटन

खेलकुद मन्त्री सहारा एकेडेमीमा

प्रमुख समाचार

राष्ट्रपति भण्डारीद्वारा उग्रताराको दर्शन