अविरल किक बक्सिङ च्याम्पियन

एजेन्सी
माघ ७, २०७६
Abiral Ghimire, Kick Boxing

अविरल घिमिरेले टोकियोमा भएको हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका छन् ।

टोकियोस्थित नागोयामा भएको भिडन्तमा जापानी च्याम्पियन मुक्केवाजलाई पहिलो राउण्डमै ढाल्न सफल भएका थिए ।

विपक्षी जापानी खेलाडीमाथि मैदानमा ढालेर पहिलो नकआउट हानेका हुन् । हिमालयन चितुवाका नामले परिचित नेपाली किक बक्सिङका खेलाडी २१ वर्षीय अविरल हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर समेत हुन् ।

जापानको नागोया शहरमा रहेर व्यावसायिक किक बक्सिङ खेल्दै आएका अविरलले जापानमा नेपालको प्रतिनिधित्व गर्दै १२ खेलमा जित हासिल गरिसकेका छन् । उनले हालसम्म ७ नकआउट र ५ मा समान जित हासिल गरेका छन् ।

उनले पछिल्लो जितसँगै रिङभित्रबाटै नेपाली झण्डा फकराएर खुशी मनाए । अविरलले उपस्थित सयौं जापानी नागरिकहरूलाई नेपाल भ्रमणको निम्तो दिँदै नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार समेत गरे ।

पछिल्लो समय किक बक्सिङगमा निरन्तर जित हात पार्दै आएका छन् । अविरलले आफ्नो जितको उपाधि पिता तथा प्रशिक्षक देव घिमिरे र नेपाली समर्थकलाई दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width