शिक्षाविद् गुरुङको निधन

आदर्श समाज सम्वाददाता
माघ ६, २०७६
82910600_3130860693805866_5887894593625653248_n

पोखरा, ६ माघ । पोखरा–९ नयाँबजार निवासी शिक्षासेवी गणेशबहादुर गुरुङको ८२ वर्षको उमेरमा सोमवार बिहान निधन भएको छ ।

पर्वत जिल्ला फलेवास नगरपालिका –८ चारभन्ज्याङ खाल्टे पुरानोगाउँ घरभई स्थायी रुपमा पोखरा बस्दै आएका गुरुङ्को आफ्नै निवास नयाँबजारमा विहान ९.०० बजे निधन भएको हो । उनका श्रीमती मिना, एक छोरा, ४ छोरी, ५ नाती र ४ नातिनी छन् ।

गुरुङ पृथ्वीनारायण क्याम्पस पोखराको पूर्व क्याम्पस प्रमुख, तमु धि नेपालका प्रमुख सल्लाहकार, महेन्द्र वहुमुखी क्याम्पुस दाङको पूर्व क्याम्पस प्रमुख, राजपरिषद् स्थायी समतिका सदस्य, चारभन्ज्याङ तमु समाजका प्रमुख सल्लाहकार, वरिष्ठ समाजसेवीको रुपमा समाज सेलामा लागेका थिए । स्वर्गीय गुरुङको पार्थिव शरिरलाई केही समय तमु धिं कास्कीका राखिने सोमवार साँझ नै बौद्ध अघौं सदन पोखरामा अन्त्यष्टि गरिने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width