पोखरा, ५ माघ । पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख डा. चन्द्रबहादुर थापाको कार्यकक्षमा आइतबार आंशिक शिक्षक संघले तालाबन्दी गरेको छ ।
आंशिक शिक्षकहरुको संघले करार सेवामा नियुक्त गर्न हालसम्म कुनै पनि कदम नचालेको आरोपमा तालाबन्दी गरेका हुन् । पुस २९ गतेदेखि आन्दोलनरत संघले आंशिक प्राध्यापकहरुको समस्यालाई समाधान गर्न क्याम्पसले कुनै ठोस कदम नचालेको कारण तालाबन्दी गर्नुपरेको आंशिक प्राध्यापक संघका अध्यक्ष सुनील गौतमले बताए ।
यसअघि क्याम्पस सहायक प्रमुखहरुको कार्यकक्षमा तालाबन्दी गरी ज्ञापनपत्र पेश गरेको गौतमले जानकारी दिए । क्याम्पस प्रशासनले विगत १४ वर्षदेखि अध्यापनरत प्राध्यापकहरुलाई सामान्य मजदुरको भन्दा कम ज्यालादारीमा काम गराइरहेको छ , गौतमले भने । क्याम्पसमा कूल कक्षाभारको करिब ६० प्रतिशत अध्यापनमा आंशिकहरुको योगदान रहेको बताइएको छ , गौतमले भने –अत्यन्त न्यूनस्तरमा क्याम्पसले व्यवहार गर्दा अन्तर्राष्ट्रिय श्रम नियमको खिल्ली उडाएको छ, चरणबद्ध आन्दोलन गरिरहेको संघले माग सुनुवाई नभए क्याम्पस प्रशासनको मूलद्वार र कक्षा बहिष्कार गर्ने छौ ।
संघका सचिव खिमानन्द पौडेलले आंशिक जनशक्तिले अधिक कक्षाभार लिने र क्याम्पस प्रशासनले उत्कृष्ठ क्याम्पसको सम्मान थाप्ने काम अमिल्दो भएको टिप्पणी गरे । ‘आंशिकहरुलाई दुई छाक टार्नै गाह्रो भएपछि आन्दोलनमा उत्रन बाध्य भयौं, आन्दोलन हाम्रो रहर होइन’ उनले भने । हाल २ सय १४ आंशिक प्राध्यापकहरु विभिन्न संकायमा कार्यरत छन् । संघले समस्या समाधानार्थ पहल गरिदिन र आन्दोलनमा ऐक्यवद्धता जनाइदिन विभिन्न प्राध्यापक संघ, स्ववियु सरोकारवाला निकायसँग अपीलसमेत गरेको छ ।
Related News
सम्बन्धित समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
वैशाख ३, २०८१