बाह्रबिसे बजारमा निषेधाज्ञा जारी

रासस
माघ ५, २०७६
B.P._Koirala_Highway

चौतारा, ५ माघ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतवार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ ।

बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ । बाह्रबिसे बजारको पूर्वतर्फ ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्षमादेवी जाने बाटोसहितको चार किल्लाभित्र पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए ।

सो नगरपालिकाले सडक साँघुरो हुने गरी वर्षौंदेखि सडक मिचेर दायाँबायाँ बनाएको घरटहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियो । सूचनालाई अटेर गरेपछि नगरपालिकाले शुक्रबार डोजर प्रयोग गरी घर टहरा भत्काएपछि समान्य झडप समेत भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width